राप्ती नदी कटान क्षेत्रमा मुख्यमन्त्री, डुबान र कटानको समस्या समाधान गर्ने प्रतिबद्धता


सेतोखरी सेतोखरी   २१ घण्टा अगाडि
राप्ती नदी कटान क्षेत्रमा मुख्यमन्त्री, डुबान र कटानको समस्या समाधान गर्ने प्रतिबद्धता

नेपालगन्ज ५ मंसिर : बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधबार राप्ती नदीले कटान गरेको स्थलहरुको अवलोकन गर्दै नागरिकहरुले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालिन र दीर्घकालिन समाधानका योजनाहरु अघि सारिने बताएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७ खल्लाझगडियामा डुबान र कटानको समस्या बढ्दा मानव बस्ती उच्च जोखिममा परेको छ । 

स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले डुबान र कटानको उच्च जोखिम रहेका स्थलहरुको पहिचान गरेर तटबन्धको योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

Kanti Aarogya Hospital Nepalgunj

‘राप्ती नदीमा आउने बाढी र त्यसले पु¥याउने जोखिम न्यूनिकरण गर्न अल्पकालिन र दिर्घकालिन योजना अघि बढाउनुपर्छ । यसमा प्रदेश सरकारले पहल लिन्छ’ मुख्यमन्त्री आचार्यले भने, ‘जहाँ जोखिम छ, त्यहाँ तटबन्धको आयोजनाको काम अघि बढाउन जरुरी छ ।’

राप्ती नदीमा आउने बाढीका कारण बाँकेका नदि तटिय क्षेत्र सधैं डुबानमा पर्ने गरेका छन् । स्थानीयहरु विस्थापित हुने र खेतियोग्य जमिन बगरमा परिणत हुदा समस्या बढ्दै गएको छ । नरैनापुर गाउँपालिका डुबान र कटानका कारण पूर्ण प्रभावित हुदै आएको छ भने राप्ती सोनारी गाउँपालिका वडा नम्बर–७ को ७५ प्रतिशत भू–भाग प्रभावित हुदै आएको स्थानीय पूर्णबहादुर चौधरीले बताए ।

‘राप्ती नदीले कटान तिब्र पार्दा हाम्रो उठिवास हुने अवस्था आयो । सरकारले समयमा तटबन्ध नगरे हामि विस्थापित हुने जोखिम छ’ उनले भने, ‘समस्या समाधान गर्नेगरी कार्यक्रम चले राम्रो हुन्थ्यो ।’

राप्ती नदी तटबन्धका लागि संघीय सरकारले जनताको तटबन्ध कार्यक्रम गर्दै आएको छ । तर, यो कार्यक्रमबाट तटबन्ध सञ्चालन गर्न बजेट अभाव हुदा स्थानीयहरु नदी कटान र डुबानको जोखिममा बस्नुपर्ने बाध्यता छ । 

जोखिम क्षेत्रको अवलोन गर्न मुख्यमन्त्री आचार्य सहित प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय बासिन्दासँग छलफल समेत गरेका थिए ।