पौडी खेलाडीको विदाई


पौडी खेलाडीको विदाई

नेपालगन्ज : नेपालगन्जको कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका विद्यार्थी पौडी प्रतियोगिताका लागि काठमाण्डौं प्रस्थान गरेकोछ ।

एकेडेमीका प्राचार्य शरदचन्द्र रावलको नेतृत्वमा १५ जनाको टोली शनिबार काठमाण्डौं प्रस्थान गरेको हो ।

साफ प्रतियोगिताका लागि आगामी भदौ २४ र २५ गते काठमाण्डौंमा पौडी खेलाडी छनोट गरिदैछ । भने भदौ २७ र २८ गते काठमाण्डौंमा हुने लिटिल एन्जल्स स्कुल कप (एलकप) प्रतियोगिताका लागि एकेडेमीको टोलीले प्रतिस्प्रर्धा गर्नेछन् । पश्चिम नेपालबाटै बाँकेको स्प्रिङडेल एकेडेमीबाट पौडी खेलाडीहरु काठमाण्डौं प्रस्थान गरेको हो ।

एकेडेमीको उक्त टोलीमा पौडी कोच चन्द्रराम चौधरीको समेत सहभागिता रहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

टोलीमा एकेडेमीका खेमराज थापा, रेजन विष्ट, विनोद माझी, अमित रावल, विशेष सिंह, करुण शर्मा, दिवस रेगामी, ओम भण्डारी, डेविट रावल, अनन्त प्याकुरेल, सुशान्त बोहोरा, सुप्रिया रावल र सुवांक बोहोरा रहेको विद्यालयका प्राचार्य शरदचन्द्र रावलले जानकारी दिए ।

गत वर्ष काठमाण्डौंमा सम्पन्न एलए कप प्रतियोगितामा बाँकेको स्प्रिङडेल एकेडेमीका विद्यार्थी अमित रावलले स्वर्ण पदक जितेका थिए ।