नेपालगन्ज १७ मंसिर : नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितीले आगामी मंसिर २९ र ३० गते हुने चौथो नगर सम्मेलन तयारीलाई तिब्र पारेको छ । पालिका सम्मेलनलाई सफल पार्नका लागी १५ वटै वडा सम्मेलन सम्पन्न गरेको कोहलपुर नगर समितीले पार्टी सदस्य नबिकरणलाई तिब्रता दिदैँ नगर प्रतिनिधी छनोटको तयारीका भईरहेको कोहलपुर नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
प्रतिनिधी छनोटका लागी कोहलपुर नगरपालिकालाई ३ कमाण्डमा बिभाजन गरि वडाका बिस्तारीत बैठक लगायत तयारी भईरहेको नेकपा माओवादी केन्द्रका बाँके संयोजक एंव कोहलपु–१ देखी ५ वडा प्रतिनिधी छनोट कामाण्डका संयोजक नरेन्द्र पाण्डेले जानकारी दिए ।
कोहलपुर– १ देखी ५ वडासम्म जिल्ला संयोजक पाण्डे, ६ देखी १० वडासम्म केन्द्रिय सदस्य उषा पुन, ११ देखी १५ नम्बर वडासम्म प्रतिनिधी छनोटको कमाण्ड संयोजक नगर ईन्चार्ज तुलाराज बिष्ट ‘बिहानी’लाई दिईएको छ ।
वडा– १ देखी ५ का संयोजक एंव जिल्ला संयोजक पाण्डेले सबै वडाहरुको बिस्तारीत बैठक भब्यता पुर्वक सम्पन्न भएको जानकारी दिए । त्यसैगरी ६ देखी १० नम्बर वडाका संयोजक उषा पुनले वडाका बिस्तारीत बैठक बसेर नगर सम्मेलन भब्य बनाउनेबारे गहन छलफल भएको जानकारी दिइन् ।
११ देखी १५ नम्बर वडाका संयोजक नगर ईन्चार्ज तुलाराज बिष्ट ‘बिहानी’ले केही वडामा तयारी बैठक सम्पन्न भएका र केहीमा बस्ने तयारी भईरहेको जानकारी दिए ।
नगर सम्मेलनका लागी २० गतेसम्म छुट पार्टी सदस्य नबीकरण, २५ गतेसम्म नगर प्रतिनिधी छनोट गरी भब्य रुपमा नगर सम्मेलन सम्पन्न गर्ने गरी तयारी भई रहेको जिल्ला संयोजक नरेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार जिल्लाभरका ८ वटै पालीकामा मंसिर २९ र ३० गते नगर सम्मेलन गर्ने तयारी छ । जसका लागी जिल्लामा रहेका केन्द्रिय सदस्यहरुको सोही अनुसार कार्यबिभाजन गरिएको छ ।
कोहलपुरमा केन्द्रिय सदस्य उषा पुन र जिल्ला संयोजक नरेन्द्र पाण्डे, बैजनाथमा स्थायी समिती सदस्य पुर्णा कुमारी सुबेदी, नेपालगन्जमा प्रदेश सह–सचिव अक्कलबहादुर बम र जिल्ला समिती अमिर केसी, नरैनापुरमा नरेन्द्र न्यौपाने, राप्तीसोनारीमा केन्द्रिय सदस्यद्वय कृष्णा केसी ‘नमुना’ र पट्टु थारु, डुडुवा गाँउपालिकामा केन्द्रिय सल्लाहकार प्रकास सुबेदी, जानकीमा केन्द्रिय सदस्य अञ्जना थारु, खजुरमा केन्द्रिय सदस्य आईपि खरेल र नेता डम्वर बिक ‘तुफान’लाई जिम्मेवारी दिईएको जिल्ला संयोजक पाण्डेले बताए ।
सबै पालिकामा ब्यापक जन परिचालन सहित नगर अधिबेसन गर्ने तयारी रहेको पाण्डेले बताए । सम्भवः भए सबै सर्वसम्मत र नभए निर्वाचनको बिधीबाट नेतृत्व चएन हुने उनले जानकारी दिए ।
माओवादी केन्द्रको संसोधित बिधान अनुसार ५५ सदस्य गाँउ नगर कार्यसमिती हुने उल्लेख छ । जसमा ४५ निर्वाचित र १० मनेनित हुने ब्यवस्था छ । गाँउ नगर कार्यसमितीमा अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरि ७ सदस्य पदाधिकारी रहनेछन् ।