राप्तीसोनारीबाट नीलगाईको मासुसहित दुई जना पक्राउ


सेतोखरी सेतोखरी   ६ घण्टा अगाडि
राप्तीसोनारीबाट नीलगाईको मासुसहित दुई जना पक्राउ

नेपालगन्ज १७ मंसिरः बाँकेमा नीलगाईको मासुसहित दुई जना पक्राउ परेकाछन् । जङ्गली जनावर नील गाई मारेको आरोपमा डिभिजन वन कार्यालय बाँकेले राप्तीसोनारीबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । 

राप्तीसोनारी गाउँपालिका वडा नमम्बर– ६ का लालबहादुर थारु र सुरेश शमसेर राणा भन्ने व्यक्तिलाई नील गाईको मासुसहित नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

राप्ती सब डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत रामगणेश साहले राप्तीसोनारी–६ लक्ष्मीराजपुरका लालबहादुर थारुको घरबाट नीलगाईको काटिएको अवस्थामा टाउको, खुर, मासु, छाला र भुँडी बरामद गरिएको बताए ।

‘हिजो राती उक्त घरमा नील गाई मारेर ल्याएको सुराक हामीले पायौँ, सुराकका आधारमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहितको हाम्रो टोली उक्त स्थानमा राती १ बजेको समयमा पुग्यौँ,’ वन अधिकृत साहले भने, ‘उक्त घरमा सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई फेला पा¥योँ, उनलाई राती नै नियन्त्रणमा लियौँ, रातीको समयमा घर खानतलासी गरेनौँ, रातभर सबै जनाले उक्त घरलाई घेरा हालेर बस्यौँ र बिहान घर खानतलासी ग¥यौँ ।’

Kanti Aarogya Hospital Nepalgunj

‘आज बिहान घर खानतलासी गर्दा ३९ किलोग्राम तौल बराबरको नील गाईको टाउको, खुर, मासु, छाला र भुँडी बरामद ग¥यौँ, घरधनी थारुलाई पनि आज बिहान नियन्त्रणमा लिएका हौँ,’ वन अधिकृत साहले अगाडी थपे, ‘बरामद गरिएको मासुलगायतलाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन टोली, स्थानीयबासीको रोहबरमा खाडल खनेर गाड्यौँ र नियन्त्रणमा लिएका राणा र थारुलाई डिभिजन वन कार्यालयको थुनुवा कक्षमा राखेर प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।’

पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान शुरु गरेको र अनुसन्धानपश्चात् आवश्यक कानूनी कारबाही अगाडि बढाइने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । बाँकेमा नीलगाई राप्तीसोनारी र नरैनापुर क्षेत्रको जङ्गलमा पाइने गर्छ ।