सडकमा फोहोर फाल्ने मेडिकललाई ५ हजार जरिवाना


सेतोखरी सेतोखरी   मंगलबार, मंसिर १८, २०८१
सडकमा फोहोर फाल्ने मेडिकललाई ५ हजार जरिवाना

नेपालगन्ज १८ मंसिर : नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ ।

सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो । आज विहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकल हललाई जरिवाना गराइएको छ ।

यो पनि पढ्नुहोस् सडकमा फोहोर फाल्ने अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

त्रिभुवनचोक सदरलाइनस्थित हरि ॐ मेडिकल हललाई सडकमा जथाभावी स्वास्थ्यजन्य फोहोर फोलेपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि’ नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम मेडिकल हलका प्रोप्राइटर विनोद कुमार गुप्तालाई जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताए ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नगर प्रहरी प्रमुख बोगटी, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली बिहान अनुगमनमा गएको थियो ।

यो पनि पढ्नुहोस् सार्वजनिक स्थानमा फोहोर फाल्ने आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

यसअघि पनि एक साता अघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले सडकमा फोहोर फालेको पाइएपछि भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यसअघि मंसिर पहिलो साता सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशिर्बाद पेन्ट्स प्रालिलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही समेत गर्न थालेको छ । 

नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए । फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताउँदै उनले फोहोर ब्यवस्थापनमा सघाएर नगर सभा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गए ।