निर्वाचन सफल बनाउन पत्रकार महासंघको अपील
नेपालगन्ज १८ मंसिर : नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । तोकिएको समयमा निर्वाचन हुन नसकेपछि पुनः कार्यतालिका सार्वजनिक भएको हो । महासंघको केन्द्रिय निर्वाचन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।
पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
संयोजक खनालका अनुसार नयाँ निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन त्यसै दिन साँझ ५ बजे हुनेछ । यस्तै उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ ।
यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने
कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन फिर्ता लिने मंसिर २१ गते बिहान १० बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २२ गते बिहान ११ बजे रहेको छ । कार्यतालिका अनुसार मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ भने त्यसै दिन मतदानको लागि तोकिएको समय सकिएपछि मतगणना शुरु हुनेछ ।
यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता
कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता मंसिर २४ गते र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई केन्द्रिय निर्वाचन समितिले आग्रह गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने मतदाताको नामावली मंगलबार बिहान नै सार्वजनिक भइसकेको छ ।
यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
यो पनि पढ्नुहोस् चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट
यो पनि पढ्नुहोस् असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला
यो पनि पढ्नुहोस् लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा
महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको तोकिएको मितिमा निर्वाचन गराउन असफल भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राजीनामा दिएका थिए ।
विष्टले पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गराउन नसकेपछि उनले पनि राजीनामा दिएका थिए भने अहिले महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा उपाध्यक्ष बाला अधिकारी रहेकी छन्।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक
महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको गत असोज १० मा भक्तपुरमा सम्पन्न राष्ट्रिय भेलाले मंसिर २८ गते निर्वाचन गर्ने मिति तय गरेको थियो । अहिलेसम्म करिव ५ पटक निर्वाचनेको मिति तोकिए पनि महासंघको निर्वाचन हुन सकिरहेको छैन ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ
यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी
महासंघको निर्वाचन नै गराउन नसकेकाले यस पटकको महासंघको कार्यसमितिलाई इतिहासकै सबैभन्दा कमजोर कार्यसमिति रहेको पत्रकारले टिप्पणी गर्दै आएका छन् ।
निर्वाचन सफल बनाउन पत्रकार महासंघको अपील
यसैबीच, नेपाल पत्रकार महासंघले आसन्न महासंघको निर्वाचनलाई सफल बनाउने वातावरण तयार गर्न सबैलाई अपील गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीले महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सबै अग्रज, नेतृत्व पंक्ति र सहकर्मीलाई अपील गरेकी हुन् ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने
यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
महासंघको नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिएका कतिपय पत्रकार आसन्न निर्वाचनको मतदाता नामावलीमा प्राविधिक कारणले छुटेकोमा महासंघलाई दुखित बनाए पनि त्यस्ता पत्रकारलाई आगामी दिनमा सदस्य कायम हुने गरी व्यवस्था मिलाउने कार्यबाहक अध्यक्ष अधिकारीले अपिलमार्फत नै प्रतिबद्धता जनाएकी छन् ।
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
सार्वजनिक अपीलमा भनिएको छ, ‘सर्वविदितै छ, हामीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने सन्दर्भमा केही कठिनाइ भोग्यौं । यसअघि पटक–पटक निर्धारित निर्वाचनका मिति स्थगित गरिए । निर्वाचन सम्पन्न गर्ने सन्दर्भका बीच निर्वाचित अध्यक्ष विपुल पोख्रेल तथा कार्यबाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिनुप¥यो । यसबीचमा उहाँहरुले निर्वाह गर्नुभएको सकारात्मक भूमिका तथा योगदानको उच्च प्रशंसा गर्दछु ।’
यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
२०८१ असोज १९ मा भक्तपुरमा आयोजित शाखा तथा प्रदेश अध्यक्षको राष्ट्रिय भेलाले उक्त अप्ठेरो परिस्थितिको अन्त्य गरी निर्वाचन सुनिश्चित गर्ने विधि तय गरेकाले राष्ट्रिय भेलाले निर्दिष्ट गरेको विधिबाट मंसिर २८ को निर्वाचत सुनिश्चित भएको अपिलमा भनिएको छ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
अपीलमा भनिएको छ, ‘अब हाम्रोसामु निर्वाचनमार्फत आउने नयाँ नेतृत्वलाई आगामी कार्यभार सुम्पिने स्वर्णिम समय आएको छ । यस कार्यभारलाई सफल पार्न महासंघका सम्पूर्ण सदस्य, तीनै तहका कार्यसमिति तथा निर्वाचन समिति, सरोकारवाला संघसंगठन र महासंघप्रति चासो एवं चिन्ता राख्ने सबै शुभेच्छुकलाई हार्दिक अपिल गर्दछु ।’
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो