बर्दियामा टेनिस कोर्ट निर्माण सम्पन्न


सेतोखरी सेतोखरी   ११ घण्टा अगाडि
बर्दियामा टेनिस कोर्ट निर्माण सम्पन्न

गुलरिया(बर्दिया) १९ मंसिर : बर्दियाको गुलरियामा नवनिर्मित टेनिस कोर्टको उद्घाटन गरिएको छ । नवनिर्मित टेनिस कोर्डको उद्घाटन गर्दै गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतमले खेलकुदले मानिसलाई अनुशासितसंगै स्वस्थ बनाउने बताइन् । 

उनले टेनिस खेल बर्दियाका लागि एकदमै नयाँ भएको बताउँदै यो कोर्टले जिल्लामा खेलाडी उत्पादन गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्प्रर्धा गर्ने विश्वास व्यक्त गरिन् । 

सो अवसरमा टेनिस संघका पुर्व केन्द्रिय अध्यक्ष मनोज राणाले नेपालमा पनि पछिल्लो पटक टेनिस खेलको विकास हुँदै गएको र नयाँ–नयाँ खेलाडी उत्पादन हुँदै गएकाले यस खेलबाट बालबालिकाको भविष्य पनि उज्जल देखिएको बताए । 

टेनिस संघका केन्द्रिय सदस्य डाक्टर निर्माणबहादुर शाहले छोटो समयमै बर्दिया टेनिस संघले कोर्ट निर्माण कार्य सम्पन्न गरेकोमा बधाई दिदैँ अब खेलाडी उत्पादनमा लाग्न सुझाव दिए ।

Kanti Aarogya Hospital Nepalgunj

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले पालिकामा रहेका खेल मैदानहरुलाई व्यवस्थित गरी कभर्ड हल निर्माण र खेलाडी उत्पादन गर्ने पालिकाकाले योजना बनाइरहेको जानकारी दिए ।

टेनिस संघ बर्दियाका अध्यक्ष दीपककुमार शर्माले टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका प्रतिभावान खेलाडीको पहिचान गरी खेलाडी उत्पादनमा लाग्ने बताए । 

गुलरिया नगरपालिकाको १४ लाख रुपैयाँको सहयोगमा २ वटा कोर्ट निर्माण गरिएको हो ।

उद्घाटन समारोहमा पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, पुर्व शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही, पुर्व महासेनानी ईन्द्रबहादुर शाहलगायतले कोर्टको अनुगमन गर्दै टेनिस खेल समेत खेलेका थिए । 

सो अवसरमा टेनिस संघका पुर्व केन्द्रिय अध्यक्ष मनोज राणाले टेनिस संघ बर्दियाका अध्यक्ष दीपककुमार शर्मालाई बालबालिकाहरुका लागि खेल सामाग्री हस्तान्तरण समेत गरेका थिए । साथै उक्त कोर्ट निर्माण गर्ने निर्माण कम्पनी साहन्श कन्ट्रक्सनका प्रोपाइटर जगदिश अधिकारीलाई सम्मान समेत गरिएको थियो ।