नेपालगन्ज १९ मंसिर : नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त रूपमा अगाडि बढ्ने विषयमा ५ वटा वाम तथा मधेसी संगठनबिच सहमति भएको छ ।
मंसिर २८ गते तय गरिएको नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त मोर्चाको रूपमा अगाडि जानको लागि बुधबार प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संगठन नेपाल र प्रेस मञ्च नेपालबीच सहमति भएको हो । सहमति पछि ३ बुँदे प्रेस विज्ञप्ति जारी गरिएको छ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
विज्ञप्तिमा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर विक, प्रगतिशील पत्रकार संगठन नेपालका महासचिव प्रकाश थापा र प्रेस मञ्चका अध्यक्ष अवधेश झाले हस्ताक्षर गरेका छन् ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
विज्ञप्तिमा मंसिर २८ गते तोकिएको समयमै नेपाल पत्रकार महासंघको निर्वाचन गर्न, महासंघको साझा चरित्र कायम गर्न सहमतिय नेतृत्व निर्माण गर्न र सहमति नभएमा निर्वाचनमा एकताबद्ध मोर्चा भएर लड्न ६ संगठनको सहमति भएको कुरा उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने
उनीहरूले पत्रकार महासंघलाई साझा बनाउन प्रेस युनियन र प्रेस चौतारीको पनि ध्यानाकर्षण गराएका छन् ।
यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता
संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघको साझा चरित्रको रक्षा गर्दै सहमतीय अभ्यासका साथ नेतृत्व निर्माण गर्ने कुरामा हामी ६ संगठन प्रतिबद्ध छौं । सहमतीय नेतृत्व निर्माण गर्ने अभ्यासमा निर्णायक भूमिका रहने नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको नेतृत्वको गम्भीर ध्यानाकर्षण हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । यदि सहमतीय अभ्यासमा लागिएन र प्रतिस्पर्धाको विधिबाट महासंघको निर्वाचन अगाडि बढेको अवस्थामा हामी ६ संगठन एउटै मोर्चाका रुपमा अगाडि बढ्न प्रतिवद्ध छौं ।’
यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
यो पनि पढ्नुहोस् चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट
यो पनि पढ्नुहोस् असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला
यो पनि पढ्नुहोस् लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा
विज्ञप्तिमार्फत नै ६ वटै संगठनले संयुक्त रुपमा महासंघको घोषित निर्वाचन कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा र निर्धारित मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । साथै पत्रकार महासंघको सदस्यताका विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्यालाई हल गर्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ
यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने
यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो