पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा


सेतोखरी सेतोखरी   बिहीबार, मंसिर २०, २०८१
पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा

नेपालगन्ज २० मंसिर : नेपाल पत्रकार महासङ्घका आसन्न निर्वाचनका लागि पत्रकारका सङ्गठनहरूबिच साझेदारीको पहल भइरहेको बेला नयाँ मोर्चा प्रकट भएको छ । 

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः वाम–मधेसी संगठनबीच गठबन्धन

पत्रकारिता सम्बद्ध सातवटा सङ्घसंस्थाको भेलाले बिहीबार महासङ्घको आगामी मङ्सिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै क्रियाशील पत्रकारहरूको साझा मोर्चा बनाई मोर्चाको धारणा समेत सार्वजनिक गरिएको छ ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

Kanti Aarogya Hospital Nepalgunj

भेलापछि श्रमजीवी–पत्रकार सङ्घ, नेपाल, प्रेस नेपाल, मिडिया नेपाल, लोकतान्त्रिक पत्रकार मञ्च, कायस्थ पत्रकार समाज, प्रगतिशील पत्रकार मञ्च र सञ्चार क्षेत्र सुधार अभियान्ताले जारी गरेको संयुक्त वक्तव्यमा महासङ्घको निर्वाचनमा सहभागी हुने तीन वटै तहका पदमा मोर्चा सम्बद्ध घटक सङ्गठनहरूले उम्मेदवारी दिने निर्णय गरिएको उल्लेख छ ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन

यद्यपि सहमतिको आधारमा नेतृत्व चयन गर्नका लागि मोर्चाले संयोजक योगेन्द्रप्रताप शाहीको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । ‘सबै सरोकारवालाहरूसँग संवाद र सहकार्य गर्ने प्रक्रियामा मोर्चाले सक्रिय भूमिका निर्वाह गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने

मोर्चाले महासङ्घको घोषित निर्वाचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा र तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने धारणा पनि अगाडि सारेको छ । मोर्चाले महासङ्घको निर्वाचनलाई निष्पक्ष, पारदर्शी र श्रमजीवी पत्रकारहरूको अधिकार र मुद्दाहरूको प्रतिनिधित्व गर्ने अवसरका रूपमा उपयोग गर्न सबै पक्षलाई आह्वान पनि गरेको छ । 

यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

यो पनि पढ्नुहोस्  चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट

यो पनि पढ्नुहोस्  असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला 

यो पनि पढ्नुहोस्  लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ

यो पनि पढ्नुहोस्  पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी  

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय 

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने 

यो पनि पढ्नुहोस्  सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी 

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो 

यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव असार दोस्रो साता 

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो