को-को भिड्दैछन्
नेपालगन्ज २१ मंसिर : आगामी मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि आज (शुक्रबार) उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ । केन्द्रिय समितिको निर्वाचन कार्यतालिकाअनुसार आज शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय दिइएको छ ।
पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा
उम्मेदवारको नामावली प्रकाशन शुक्रबार अपराह्न ५ बजे गरिएकोछ भने मनोनयन पत्र फिर्ता भने भोली शनिबार बिहान १० बजेभित्र लिइसक्नु पर्नेछ । उम्मेदवारको अन्तिम नामावली सोही दिन अर्थात मंसिर २२ गते शनिबार बिहान ११ बजे प्रकाशित हुनेछ ।
यस्तै कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता मंसिर २४ गते तथा जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता हुनेछ ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः वाम–मधेसी संगठनबीच गठबन्धन
महासंघमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीबीच साझा उम्मेदवार तय गरेर जाने सम्भावना रहेको छ । यसो भएमा प्रेस चौतारीकी निर्मला शर्मा अध्यक्ष उठ्ने सम्भावना रहेको स्रोतको भनाइ छ । शर्मा यसअघि अध्यक्षमा पराजित भएकी थिइन् ।
साथै नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरले पनि अरू विभिन्न संगठनको सहयोगमा रोशन पुरीलाई अध्यक्षको उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको स्रोतको भनाइ छ । पुरी अहिले महासचिव छन् ।
सदस्यता विवादका कारण पटक–पटक महासंघको महाधिवेशन स्थगित हुँदै आएको थियो ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
सदस्यता विवादकै कारण महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको तोकिएको मितिमा निर्वाचन गराउन असफल भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राजीनामा दिएका थिए ।
विष्टले पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गराउन नसकेपछि उनले पनि राजीनामा दिएका थिए, भने अहिले महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा उपाध्यक्ष बाला अधिकारी रहेकी छन् ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको गत असोज १० मा भक्तपुरमा सम्पन्न राष्ट्रिय भेलाले मंसिर २८ गते निर्वाचन गर्ने मिति तय गरेको थियो । अहिलेसम्म करिव ५ पटक निर्वाचनेको मिति तोकिए पनि महासंघको निर्वाचन हुन सकिरहेको छैन । मतदान आगामी मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । सोही दिन मतगणना हुनेछ ।
यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने
यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता
यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
यो पनि पढ्नुहोस् चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट
यो पनि पढ्नुहोस् असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला
यो पनि पढ्नुहोस् लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ
यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने
यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो