नेपालगन्ज २६ मंसिर : लर्ड बुद्ध एजुकेशनल एकेडेमीका तीन वटै युनियनहरु आन्दोलित भएकाछन् ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा आबद्ध कर्मचारी संगठन, संघ तथा युनियनले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
उनीहरुले गत असार ४ गते ७ बुदाँ र ४५ उप बुदाँमा व्यवस्थापन पक्ष र युनियनका प्रतिनिधिसँग तीन पटकसम्म वार्ता गर्दा पनि कुनै सहमति हुन नसक्दा आफ्ना माग सम्बोधन गराउन आन्दोलनको घोषणा गरेका हुन् ।
लर्ड बुद्ध एजुकेशन एकेडेमी लिमिटेड कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्य तथा कर्मचारी युनियकी अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशन एकेडेमी लिमिटेड कर्मचारी संगठनका सभापति एवम वार्ता कमिटीका संयोजक रत्ना गिरीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा मंसिर २६ देखि ३० गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएकाछन् ।
उनीहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै आन्दोलन घोषणा गरेका हुन् । घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत २६ गतेदेखि मंसिर २८ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने र साँझ नेपालगन्ज, कोहलपुर र चिसापानीमा कोण सभा गर्ने, मंसिर ३० गते घोषित कार्यक्रमलाई निरन्तरता दिदैँ प्रशासन, फाइनान्स, एकेडेमी कार्यालयहरुमा तालाबन्दी गनरी साँझ कोण सभा गर्ने तथा यसविच सहमतिमा पुग्न नसकेमा घोषित आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिदैँ मंसिर ३० गतेदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताइएकोछ ।