नेपालगन्ज २६ मंसिर : नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको हो ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच जिल्ला बाँडफाँड टुंगियो
उम्मेदवारी दर्ता गराउनेमा एक जना महिलासहित ५ जनाको उम्मेदवारी दर्ता भएकोछ । जसमा २ जना पत्रकारको संगठनका उम्मेदवार छन् भने ३ जना असन्तुष्ट (बागी)ले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल प्रेस युनियन बाँके र प्रेस चौतारी बाँकेको साझा उम्मेदवारको रुपमा नविन गिरीले उम्मेदवारी दर्ता गराएका छन् । युनियन र चौतारीको उम्मेदवार छनोटमा विवाद बढेपछि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
यो पनि पढ्नुहोस् युनियनका बागीलाई प्रेस सेन्टरसहित ६ पत्रकार संगठनको साथ, साझा प्यानल घोषणा
यस्तै, प्रेस संगठन नेपालबाट प्रदीप वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । अर्का अध्यक्षका उम्मेदवार युनियनबाट राकेश कुमार मिश्रले उम्मेदवारी दर्ता गराउँदा प्रेस चौतारीबाट दुईजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा विश्वराज पछलडङ्ग्या र रुपा गहतराजको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक शरण कर्मचार्यले जानकारी दिए ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघ निर्वाचन : तीन महिला केन्द्रिय सदस्य निर्विरोध
यस्तै, उपाध्यक्ष (खुल्ला) मा रेजिना मल्ल र तिलक गाउँलेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ करुणा शाह, सावित्री गिरी र कल्पना शाही ‘प्रिया’को उम्मेदवारी दर्ता भएको छ।
सचिव पदका लागि पनि २ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा शकील अहमद कादरी र कृष्ण बहादुर ओली रहेको समिति संयोजक कर्मचार्यले बताए ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी
कोषाध्यक्षमा सुनिल रेग्मी, चन्द्र बोहरा र विजय मल्लको उम्मेदवारी परेकोछ । सह–सचिव (खुल्ला)मा रविन्द्र सिंह ठकुरी, डिल्ली शाही र अमृता जैशी (निशु जोशी)को उम्मेदवारी दर्ता भएको छ ।
सहसचिव (समावेशी)मा तिलक बहादुर नेपाली, भगतराम थारु र गुरु मुरत यादवको, सदस्य महिलामा रजनी कुमारी योगी र सविता चन्द, सदस्य दलितमा आशा परियार र शान्ति परियार, सदस्य जनजातीमा राजकुमार चौधरी र निर्मला चौधरी, सदस्य मधेशीमा यदुराज मिश्र र दिनेशकुमार श्रीवास्तव तथा सदस्य अन्य समावेशीमा समिर अलि बेहना र सलामत ली शेषले उम्मेदवारी दिएका छन् ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता
यस्तै ८ जना रहने सदस्य खुल्लातर्फ सजन कुमार आरसी, सिवेदन्द्र भण्डारी, अजमत अलि सिद्दिकी, धना विष्ट केसी, पहलबहादुर केसी, सिता ओली, पुष्पराज हमाल, शम्भुप्रसाद थारु, निरज सिंह, जयन्ती आउजी, कृष्णराज अधिकारी, रविन्द्र घिमिरे, समीरमान श्रेष्ठ र सावित्री विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक कर्मचार्यले जानकारी दिए ।
यस्तै, ५ जना केन्द्रिय परिषद् सदस्यका लागि १० जनाको उम्मेजवारी परेको छ । जसमा विष्णु प्रसाद बेल्बासे, कुमार श्रेष्ठ राजकुमार, खम्ब प्रसाद पुन, प्रेमबहादुर केसी, विनोद पौडेल, शुशिल कुमार लामिछाने, शिवकुमार सुनार, सिराजुद्दिन खान (सिराज), लोकनाथ शर्मा र जयसिंह केसीको उम्मेदवारी दर्ता भएको छ ।
यो पनि पढ्नुहोस् पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः वाम–मधेसी संगठनबीच गठबन्धन
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने
यसैगरी प्रदेश सभासदका लागि सबै निर्विरोध भएकाछन् । प्रदेश सभासदका लागि आवश्यक १७ पदमा १७ जनाको उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । जसमा जयपति ढकाल, हरि ज्ञवाली, पवित्रा परियार, टेकेन्द्र बस्याल, संगिन शर्मा, हरिशरण अधिकारी, रबि रोकाय, क्षितिजा जिएम, दिनेश ठाकुर, दिलबहादुर (प्रियास्मृती) ढकाल, गौरव गिरी, निशा शाह, अर्जुन ओली, मधु पौडेल, कमल खत्री केसी, मोहम्मद अरसद राई र निरज गौतम रहेकाछन् ।
महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार मतदान हुनेछ । नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको २० सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ । ३ वर्षे कार्यकालका लागि दुई सय ४२ जना मतदाताले मतदान गर्नेछन् ।
यसअघि गत शनिबार संघीय समितिको र सोमबार प्रदेश समितिको उम्मेदवारी दर्ता भएको थियो । संघीय समितिको अध्यक्ष पदका लागि निर्मला शर्मा र रमेश विष्टको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेश समितिको अध्यक्ष पदका लागि शुक्रऋषी चौलागाई र रुद्र सुवेदीको उम्मेदवारी दर्ता भएकोछ ।
निर्वाचन संयोजकका अनुसार जिल्ला शाखाको उम्मेदवारी दावि विरोध र फिर्ता लिने समय बिहीबार दिउँसो साढे एक बजेसम्म राखिएको जानकारी दिए ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन
यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता
यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
यो पनि पढ्नुहोस् चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट
यो पनि पढ्नुहोस् असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला
यो पनि पढ्नुहोस् लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ
यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा
यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने
यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव असार दोस्रो साता
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो