पत्रकार महासंघ बाँकेको अध्यक्षमा गठबन्धनका उम्मेदवार गिरी निर्वाचित


सेतोखरी सेतोखरी   १० घण्टा अगाडि
पत्रकार महासंघ बाँकेको अध्यक्षमा गठबन्धनका उम्मेदवार गिरी निर्वाचित

नेपालगन्ज २९ मंसिर : नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्षमा नवीन गिरीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी प्रदीप वाग्लेलाई ४८ मतले पराजित गर्दै गिरी अध्यक्ष निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँकेको अध्यक्षमा तीन जनाबीच प्रतिस्प्रर्धा

गिरी प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने वाग्ले प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका उम्मेदवार हुन् । आगामी तीन वर्षे नेतृत्वका लागि विजयी भएका गरीले कुल ११८ मत प्राप्त गर्दै निकटम प्रतिद्वन्द्वी वाग्लेले ७० मत प्राप्त गरेर दोस्रो भए । 

यो पनि पढ्नुहोस् पत्रकार महासंघ बाँकेको अध्यक्षमा ५ जनाको उम्मेदवारी

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार विश्वराज पछल्डङ्याले १९ मत प्राप्त गरे । सोही प्रकारले उक्त निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा तिलक गाउँले र रेजिना मल्लले बराबर १०२–१०२ मत प्राप्त गरेर आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेकाछन् ।

यसैगरी, महिला उपाध्यक्षमा एक मतले सावित्रि गिरीलाई पराजित गरेर करुणा शाह विजयी भइन । शाहले १०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गिरीले १०१ मत प्राप्त गरिन् । महिला उपाध्यक्षमा दोस्रो कार्यकालका लागि शाह पुनः निर्वाचित भइन् ।

यो पनि पढ्नुहोस्  पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच जिल्ला बाँडफाँड टुंगियो

सोही प्रकारले सचिवमा प्रेस सेन्टरका कृष्ण ओलीले १०७ मत प्राप्त गरि गठबन्धनबाट सचिव पदका उम्मेदवार शकील अहमद कादरीलाई पराजित गरे । ओलीले कादरीलाई १० मतको मान्तरले पराजित गर्दा कादरी ९७ मतमा समेटिए । 

यसैगरी कोषाध्यक्षमा चौतरी र युनियन गठबन्धनका उम्मेदवार सुनिल रेग्मी विजयी भए । रेग्मीले १२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्व मल्लले ८३ मत ल्याए । उक्त निर्वाचनमा सहसचिव (खुला) पदका उम्मेदवार तीन जनामध्ये गठबन्धनका रबिन्द्र सिंह ठकुरी ११४ मत प्राप्त गर्दै विजयी भए । भने गठबन्धनबाट सहसचिव (समावेशी)तर्फका उम्मेदवार भगतराम थारू १३६ मत प्राप्त गर्दै विजयी भए । 

यस्तै कार्यसमिति सदस्यतर्फ १३६ मतसहित रजनी योगी(महिला सदस्य), १२८ मतसहित दलित सदस्यतर्फ आशा परियार, १२२ मतसहित आदिवासी जनजाति सदस्यतर्फ निर्मला चौधरी तथा ११७ मतसहित अन्य समावेशी सदस्यतर्फ सलामत अली शेष विजयी भए । 

यो पनि पढ्नुहोस् युनियनका बागीलाई प्रेस सेन्टरसहित ६ पत्रकार संगठनको साथ, साझा प्यानल घोषणा

यो पनि पढ्नुहोस् पत्रकार महासंघ निर्वाचन : तीन महिला केन्द्रिय सदस्य निर्विरोध

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता

त्यसैगरी खुला सदस्यतर्फ ८७ मतसहित पहलबहादुर केसी, १०३ मतसहित सम्भुप्रसाद थारु, १२३ मतसहित कृष्णराज अधिकारी, १०६ मतसहित रविन्द्र घिमिरे, १३१ मतसहित समीरमान श्रेष्ठ, ११७ मतसहित सावित्री विश्वकर्मा, ९१ मतसहित सजन कुमार आरसी र ११८ मतसहित धना विष्ट केसी विजयी भएको महासंघ बाँके शाखा निर्वाचन समितिका प्रमुख शरण कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार महासंघको बाँके शाखामा जम्मा मतदाता सङ्ख्या २४२ रहेकोमा २१८ मत खसेको थियो । जसमा जिल्ला शाखाको तीन म तबदर भएको थियो । भने शुक्रबार विहान भएको निर्वाचनको मतगणना सोही राती ९ बजेबाट गणना शुरु भइ शनिबार विहान ८ बजे सम्पन्न भएको थियो । 

यो पनि पढ्नुहोस् पत्रकार महासङ्घको निर्वाचन : जन्मियो नयाँ मोर्चा

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचनः वाम–मधेसी संगठनबीच गठबन्धन

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने

यो पनि पढ्नुहोस् पत्रकार महासंघको मतदाता नामावली प्रकाशन

यो पनि पढ्नुहोस् पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

यो पनि पढ्नुहोस् तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पत्रकार महासंघलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

यो पनि पढ्नुहोस्  चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट

यो पनि पढ्नुहोस्  असोज १९ गते पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला 

यो पनि पढ्नुहोस्  लथालिङ्ग पत्रकार महासंघ, कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज १२ गते, शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गरिदैँ

यो पनि पढ्नुहोस्  पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी  

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउने निर्णय 

यो पनि पढ्नुहोस् पत्रकार महासंघको निर्वाचन अनिस्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने 

यो पनि पढ्नुहोस्  सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी 

यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो 

यो पनि पढ्नुहोस् पत्रकारका ६ संगठनद्वारा असार दोस्रो साता महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न माग 

यो पनि पढ्नुहोस्  पत्रकार महासंघको चुनाव असार दोस्रो साता 

यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’  

यो पनि पढ्नुहोस्  तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

यो पनि पढ्नुहोस्  कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो