असक्षम देखिएका  एपीएफका एसपी विमलको चरम लापरवाही  

सशस्त्र तैनाथ सिमा क्षेत्रबाट तस्करीले नाध्यो सिमा 

सशस्त्र  प्रहरीले  छोडेको ४ करोडको सामान नेपाल प्रहरीद्धारा बरामद, सिडिओलाई मोहरा बनाउदै डाँगी 


सेतोखरी सेतोखरी   सोमबार, पुस १५, २०८१
सशस्त्र तैनाथ सिमा क्षेत्रबाट तस्करीले नाध्यो सिमा 


नेपालगन्ज : सीमा  सुरक्षार्थ  तस्करी नियन्त्रण गर्ने जिम्मा दिएर सरकारले सिमा नाकाको  अग्रभागमा तैनाथ गर्दै आएको  सुरक्षा निकाय सशस्त्र प्रहरी बल (एपीएफ) ३० नम्बर गणका गणपति एसपी विमल डाँगीले सुरक्षासँगै भन्सार राजश्व छलि तथा  चोरी  नियन्त्रण गर्न पुरै असफल देखिएका छन ।  

जसका कारण बाँके जिल्लाको सिमा क्षेत्रबाट  हँुदै आएको  तस्करीले सिमा नै नाघि सकेको छ ।  जबकी  तस्करी र अपराध  नियन्त्रण गर्ने भनि  नेपालगन्जको बालेगाउँमा  राखिएको सशस्त्र प्रहरी बल नेपालको ३० नम्बर गण राखिएको छ । तर  सशस्त्र प्रहरी बलका  कमाण्डरनै असक्ष र गैर जिम्मेवार भएकाले संगठित तस्करी मौलाउदै गएको  सिमा क्षेत्रका बासिन्दाले बताएका छन । 

सशस्त्र प्रहरीका कमाण्डरले नै   सेटिंगमा  ठूला  तस्करलाई भन्सार छलेर  सिमापारीबाट मालसामन भित्र्याउन दिंदै आएका छन  भने  समान्य  घरायसी प्रयोजनका लागि  ल्याएको समान  खोस्न र   सर्वसाधारणलाई निर्घात कुटपिट गर्न  लगाउने गरेको पीडितहरुको भनाइ छ ।  जसका कारण  सिमा  क्षेत्रका बासिन्दा  सशस्त्र प्रहरी बलको व्यवहारबाट उल्टो, असुरक्षित र भयभित भएको बताउ छन् । 

बाँके स्थित सशस्त्र प्रहरी गण तस्करीबाट पैसा कमाउनका लागि निकै मालदार मानिन्छ । राजनीतिक बल प्रयोग गरेर सुर्खेतबाट बाँके आएका एसपी डाँगी तस्करी नियन्त्रणमा असक्षम  देखिएपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले   अघिल्लो साता  एक जना एसएसपीको नेतृत्वमा  छानविन टोली नै खटाएको थियो ।   टोलीले प्रतिबेदन बुझाए लगतै प्रधानकार्यालयले  एसपी डाँगीलाई  २४ घण्टे म्याद दिएर केन्द्रमा  तानेको छ ।  त्यस  अघि  बुटवलमा भएको    लुम्बिनी  प्रदेश स्तरिय  सुरक्षा बैठकमा आइजीपी राजु अर्यालले तस्करी नियन्त्रण गर्न नसकेको भन्दै एसपी डाँगीमाथि प्रश्न चिन्ह खडा गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

डाँगीको कति असक्षम छन ? कसरी तस्कर र तस्करीका वस्तु छाड्दै आएका छन्  ? जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले पनि  स्पष्ट देखाउछ । सशस्त्र प्रहरीले छोडेका लाखौंका तस्करीका मालसामान दैनिकजसो बाँके प्रहरीले नेपालगन्ज बजार र सडकबाटै बरामद गर्नु  नै  सिमा क्षेत्रको अग्रभागमा रहेका डाँगीको  असक्षमताको प्रमाण हो ।   

जबकी  तस्करी रोक्न बाँके जिल्लाको सिमा क्षेत्रभरी ३–३ किलोमिटरको दुरीमा सशस्त्र प्रहरीका १५ वटा विओपी (क्याम्प) राखिएका छन् । तर त्यहि बाटो भएर   करोडौं मुल्य पर्ने  तस्करीका मालसामान नेपालगन्ज भित्रिन्छ र यसरी भित्रीएको सामान पहाडी, हिमाली जिल्ला लगायत काठमाण्डौ सम्म पुग्छ । 

भारतको लखनउ, बहराइच, रुपइडिहाबाट भन्सार नतिरी तस्करीको मालसामान रोडै रोड पिकअप गाडीका गाडी नेपालगन्ज भित्रन्छ । जबकी सिमाक्षेत्र रुपइडिहा देखि नेपालगन्जसम्म रोडमा मात्र सशस्त्र प्रहरीको ४ ठाउँमा चेकिंग छ । नेपालगन्जका एक हार्डवयर व्यवसायीले सेतोखरीसँग भने ‘रुपइडिहाबाट सिधै पिकअप भ्यानमा सामन लोड गरेर हाम्रो पसलमा आइपुग्छ । सेटिंग नभएर त  कसरी आउछ सर, सशस्त्र प्रहरीलाई मात्र मिलाएर हुँदैन सबै ठाउँमा मिलाउनु पर्छ ।’ 

जहाँ तस्करीको मालसामन आएको हुन्छ उसैको घरमा राती पाटी खान एसपी डाँगी पुग्ने गरेको स्रोतले बतायो । ‘सिमा क्षेत्रमा तस्करी रोक्न छ्याप्छ्याप्ती सशस्त्र प्रहरी बसेको छ, त्यहींबाट तस्करी भएर नेपालगन्ज मालसामान आउँछ  यसैबाट बुझ्नु तस्करी कुन तरिकाले भइरहेको छ भनेर ।’ एक व्यापारी नेताले भने ‘एसपी परिवर्तनको यो ज्वलन्त उदाहरण हो । तस्करीको जिम्मा नयाँ एसपी विमल डाँगीले लिनेकि नलिने ?’

सशस्त्रले छोडेको ४ करोडको सामान नेपाल प्रहरीको फेला पा¥यो  
सशस्त्र प्रहरीको क्याम्पहरु राखिएको क्षेत्रबाटै तस्करी भएर आएको लाखौं मूल्यका मालसामानहरु जिल्ला प्रहरी कार्यालय बाँकेले धमाधम पक्राउ गरिरहेको छ । यतिसम्मकी तस्करीको मालसामन पक्राउ गर्दा बाँके प्रहरी थाकिसकेको छ । 

सिमाक्षेत्रबाट तस्करी भएर आएको मालसामानहरु जिल्ला प्रहरी कार्यालयको प्रहरीले नेपालगन्ज र आसपासबाट दिनहुँजसो पक्राउ गरिरहन्छ ।  बाँके प्रहरीले एक बर्षमा मात्र करोडौंको तस्करीको मालसामन पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सेतोखरीलाई उपलब्ध गराएको तथ्यांक अनुसार, २०८०।०८१ मा ४ करोड ५५ लाख ४ हजार ६ सय ४३ मुल्य बराबरको तस्करीको मालसामन पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ । २०८१ को जेष्ठ महिनामा मात्र १ करोड १७ लाख ३१ हजार ८ सय ९० मुल्यको तस्करीको मालसामन बाँके प्रहरीले बरामद गरेको छ । 

गत ३ महिनाको तथ्यांक हेर्ने हो भनेपनि डरलाग्दो तस्करी देखिन्छ । बाँके प्रहरीले गत असोज महिनामा ३८ लाख ७८ हजार २ सय को तस्करीको सामन बरामद गरेको छ, कार्तिक महिनामा २० लाख ७५ हजार ६ सय ५० र मंसिर महिनामा ९ लाख ३३ हजार ७ सय ६० मुल्य बराबरको तस्करीको सामन बाँके प्रहरीले पक्राउ गरेको छ ।

एपिएफ एसपीको  कति  छ कमाइ  ? 
 तस्करी र अपराध रोक्न सरकारले पूर्व देखि पश्चिमसम्म सिमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरी राखेको छ । तर सरकारले जुन उद्देश्यले सिमाक्षेत्रमा सशस्त्रका क्याम्पहरु स्थापना गर्यो त्यसको ठिक विपरित कार्य गर्छन् सशस्त्र प्रहरीका हाकिमहरु ।

तराईमा स्थापन गरिएका मध्ये नेपाल भारत सिमामा पर्ने बाँकेको बालेगाउँमा अवस्थित सशस्त्र प्रहरीको ३० नम्बर गण पनि तस्करीबाट पैसा कमाउने मालदार गणमा पर्दछ । यस गणमा आउन सशस्त्रका एसपीहरु त छाड मछाड नै गर्छन् । यहाँ आउन एसपीहरु नेता, मन्त्री, आइजीपी सबैको पावर प्रयोग गर्छन् । किनकी एक बर्षको कार्यकालमा ३ देखि ५ करोडसम्म तस्करीबाट कमाई हुने गरेको बसेर गएका पूर्व एसपीहरु बताउँछन् । अहिले उक्त मालदार गणको प्रमुख नै एसपी डाँगी छन् । 

सीडीओलाई  मोहरा बनाउदै डाँगी  
एसपी डाँगी तस्करी नियन्त्रण भन्दा विहानै देखि क्याफे, रेष्टुरेण्ट र बाँके सिडिओ खगेन्द्र रिजालको वरिपरी व्यस्त हुन्छन् अनि बेलुका भयो पाटीमा । यो उनको दैनिकी हो । सिडिओ जहाँ जहाँ जान्छन् एसपी डाँगी त्यहाँ त्यहाँ । दुवै जनालाई परेवाको जोडी भन्न थालेका छन् । 

एसपी डाँगी तस्करी नियन्त्रणको बारेमा खोजीनीति भन्दा पनि विहान देखि बेलुकासम्मै सिडिओसँग क्याफेमा, दिउँसो नेपालगन्जका विभिन्न कार्यक्रमा सिडिओसँगै । जुन डाँगीलाई सरोकारको बिषय होइन र जान आवश्यक नै छैन । त्यसपछि बेलुका कक्टेल पाटीमा । एसपी डाँगीलाई दैनिक  रक्सी नभइ नहुने गरेको गणकै एक सिपाहीले बताए ।

एसपीको सल्लाहमा चल्दै आएका  प्रमुख जिल्ला अधिकारी समेत  विवादमा तानिन थालेका छन् ।   जिल्लाको प्रमुख भएपछि   मातहतका  अधिकारीको भूमिका  कस्तो छ ?  मूल्याङकन गर्नु पर्ने हो । बरु गृह प्रशासन  प्रति नै जनविश्वास गुम्दै गएका बेला  रिजालले आफूलाई रिजाएकै भरमा सुरक्षाप्रमुखकोप्रति उदार हुँदा तस्करी नियन्त्रण हुन नसकेको   एक जना सुरक्षा अधिकारीले बताए ।  

सशस्त्र प्रहरीकै मिलेमतोमा केही महिना यता  सिमा पारीबाट  गोरु तस्करी पनि भैरहेको छ । सशस्त्रले  छाडेका गोरु  शिवखोलामा रहेको सेनाले नियन्त्रणमा लिएर नेपाल  प्रहरीलाई बुझाएको  उदाहरण पनि छ  । जसले डाँगीको तस्करसँगको साठगाँठलाई पुष्टि गर्छ ।

यस बिषयमा एसपी डाँगीले सिमा क्षेत्रबाट तस्करी भइनै रहेको स्विकारे । उनले तस्करी हुने काम र सामान समात्ने काम दुवै भइरहेको बताए ।