नेपाल प्रहरीको बेइज्जती

ईप्रका बैजापुर ईन्चार्ज थापाद्धारा ढुंगा गिट्टीबाट करिब ३ लाख अवैध असुली

टेण्डर नहुँदै रित्तियो राप्ती नदीको बगर, जनप्रतिनीधि भन्छन्ःर्सइले पैसा बुझेको सबैलाई थाहा छ


सेतोखरी सेतोखरी   बिहीबार, पुस १८, २०८१
ईप्रका बैजापुर ईन्चार्ज थापाद्धारा ढुंगा गिट्टीबाट करिब ३ लाख अवैध असुली


नेपालगन्ज : सत्य, सेवा, सुरक्षणम्को कसम खाएर नेपाल प्रहरीको जागिरमा प्रवेश गरेका ईलाका प्रहरी कार्यालय बैजापुरका ईन्चार्ज बरिष्ठ प्रहरी निरिक्षक (सइ) कमल थापा चर्को पैसा असुली धन्दामा लागेका छन् । 

आफु एसपीको मान्छे भएको र सरुवा कसैले गराउन नसक्ने दम्भ देखाउदै सइ थापाले सर्वसाधारणलाई धम्क्याउदै, आतंकित पार्दै अवैध रुपमा रकम असुलीमा लागेका छन् । 

काज सरुवा भएर आएका सइ थापा बैजापुर पुगेको एक महिना नवित्दै बाँकेको राप्ती नदीबाट अवैध ढुङ्गा–गिट्टी बोक्ने ट्याक्टरबाट करिब ३ लाख घुष उठाइसकेका छन् । राप्ती नदीबाट अवैध तरिकाले ढुङ्गा–गिट्टी बोक्ने ट्याक्टर मालिकलाई कार्यालयमै बोलाएर सइ थापाले करिब ३ लाख रकम घुष लिएका हुन् ।

सइ थापाले हाकिमलाई काम देखाउन घर बनाउन प्रयोजनका लागि दिउँसो ढुङ्गा–गिट्टी बोक्ने सर्वसाधारणका ट्याक्टर भने पक्राउ गरी सम्बन्धित ठाउँ कार्वाहीका लागि पठाउने गरेका छन् । तर आफुलाई पैसा बुझाएका ट्याक्टरलाई भने उनले निर्वाद रुपमा ढुङ्गा–गिट्टी बोक्न दिने गरेका छन् । त्यति मात्र होइन दिउँसो अरुले देखे विरोध गर्ने भन्दै सइ थापाले पैसा बुझाएकाहरुलाई राती ढुङ्गा–गिट्टी ओर्सान लगाउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनीधिहरुले इन्चार्ज सइले पैसाको लेनदेन गरेर राप्तीनदीबाट ढुङ्गा–गिट्टी ओसार्न दिइरहेको बताएका छन् । ‘सर्वसाधारणका ट्याक्टर चाहिं गडुन पाउँदैनन् पेसेवर ट्याक्टर ढुङ्गा–गिट्टी बोकेर कसरी गुड्न पाउँछन् ? राप्तीसोनारी गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष सन्तोष खड्काले सेतोखरीसँग भने ‘सइलाई पैसा बुझाएर आयौ भनेर त ट्याक्टर मालिकहरुले हामीसँग भनिरहेका छन् । जेसीभि नै राप्ती नदीमा हालेर नदी दोहन भइरहेको छ । खै किन एसपी सापले बचाएर राख्नु भएको छ ।’ 

सइ थापाले वडा न. ३, ४ र ५ अन्तर्रतका ट्याक्टरबाट पैसा लिने गरेका छन् । नदीमा टेण्डर नहुँदै सइ थापाले घुष लिएर ट्याक्टरहरुलाई अवैध रुपमा ढुङ्गा–गिट्टी बोक्न दिएपछि सिक्टा सिंचाइ व्यारेजदेखि बिनौनासम्म नै राप्ती नदीको बगर खाली भइसको छ ।

करिब एक महिना अघिमात्र इन्चार्ज भएर बैजापुर आएका थापाले जाने वित्तिकै लाइन लगाएर ट्याक्टरहरुबाट पैसा उठाएको सेतोखरीको खोज तथा अनुसन्धानबाट खुलेको हो । सइ थापाले कुन वडाको कति वटा ट्याक्टरबाट कतिको दरले कति पैसा उठाए भन्ने तथ्यांक र सइ थापालाई कार्यालयमै गइ पैसा बुझाएका ट्याक्टर मालिकको अडियो रेकर्ड लगायतका प्रमाण सेतोखरीसँग सुरक्षित रहेको छ ।

सइ थापाको कर्णाली प्रदेशको कालिकोट दरवन्दि छ । बाँकेमा काजमा रहेका थापा सिमा प्रहरी कार्यालय जयसपुर बाँकेमा ३ महिना ईन्चार्ज बसेर एसपी तुल बहादुर कार्कीको अशिर्वादमा त्यहिबाट सिधै यहि मंसिर ५ गते  ईलाका प्रहरी कार्यालय बैजापुरको इन्चार्ज भएर आएका हुन् । 

जाने वित्तिकै उनको अवैध ढुङ्गा–गिट्टीमा आँखा लाग्यो । यसैबाट राम्रो पैसा कमाउन सकिन्छ भन्ने लागेपछि सई थापाले ओसार पसारमा कडाइ गर्न शुरु गरे । कमाइ बन्द भएपछि ट्याक्टर मालिकहरु छट्पटाए । त्यसपछि सइ थापाले चल्तापुर्जा केही ट्याक्टर मालिकलाई इलाकामै बोलाएर सेन्टर कलेक्शन गरी आफुलाई पैसा बुझाए नदीबाट ढुङ्गा–गिट्टी ल्याउन दिने गोप्य सम्झौता गरे ।  

सइ थापाले ट्याक्टर मालिकसँग घुषको रेट नै तोकि दिए । उनले एउटा ट्याक्टरले महिनाको ५ हजार दिएपछि महिनादिन भरि जति ढुङ्गा–गिट्टी पनि बोक्न पाउने बताए । त्यसका लागि ट्याक्टर मालिकले बोक्न थाल्नु भन्दा पहिले नै एक महिनाको एउटा ट्याक्टरको ५ हजारको दरले पैसा बुझाउनु पर्ने भयो । सइको निर्देशन अनुसार  ट्याक्टर मालिकले झुण्ड झुण्डमा ५ हजारको दरले पैसा उठाएर इप्रकामै गइ करिब ३ लाख रकम सइलाई बुझाएका छन् । 

‘सइ आउने वित्तिकै ढुङ्गा–गिट्टी बोक्न रोकिदिनु भयो अनि हाम्रो कमाइ ठप्प भयो । त्यसपछि केहि ट्याक्टर मालिकलाई सइले इलाकामा बोलाएर एउटा ट्याक्टरको ५ हजारको दरले पैसा दिए ढुङ्गा–गिट्टी बोक्न दिने सर्त राख्नु भयो । सइ थापालाई एकमुस्ट पैसा बुझाएर फर्किएका एक ट्याक्टर मालिकल्े सेतोखरीसँग भने ‘५ हजार दिएर महिनादिन भरि ढुङ्गा–गिट्टी बोक्न पाइन्छ भने किन नदिने भन्ने हामी बसेर सल्ला गर्यौं र सबैसँग पैसा उठाएर मैले सइ कमल थापालाई बुझाएर आएँ ।’

राप्ती सोनारी गाउपालिका वडा न. ३ का अर्का ट्याक्टर व्यवसायीले पनि एउटा ट्याक्टरको आफ्नो भागको ५ हजार रुपैंया बुझाएको सेतोखरीसँग भने । सइ थापालाई रकम नबुझाए ढुङ्गा–गिट्टी बोक्न नपाइने बताएपछि अर्का एक ट्याक्टर व्यवसायीलाई ५ हजार बुझाएको वडा न. ४ का अर्को एक ट्याक्टर व्यवसायीले बताए । 

राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनीधिहरुले पनि नयाँ आएका सइ थापाले ढुङ्गा–गिट्टी बोक्ने ट्याक्टरबाट अवैध रुपमा पैसा उठाएको गुनासो आएको बताए । सइ थापाले सर्वसाधारणलाई अभद्र व्यवहार गर्ने गरेको, धम्क्याउने, आतंकित पार्ने गरेको जस्ता जनगुनासा पालिकामा आएको जनप्रतिनीधिहरुले बताएका छन् ।

सइ थापाले ढुङ्गा–गिट्टी बोक्ने ट्याक्टर कसैबाट पैसा नलिएको बताए । एक जना पनि होइन थुप्रै ट्याक्टर मालिकले हामीले बैजापुरको सइलाई पैसा बुझायौ भनिरहेका छन् त त्यो के हो ? भनि प्रश्न गर्दा सइ थापा अक्मकाए । अनि उनले जवाफ दिए उनीहरुले त भन्न पायो नि । त्यो भन्दा अरु जवाफ थापाले दिन सकेनन् । पक्राउ गरेर केहीलाई कार्वाही पनि गरेको पनि उनले बताए ।