ईप्रका बैजापुर : ढुङ्गा–गिट्टीबाट रकम असुली काण्ड

ईन्चार्ज सई थापा सहित ९ जनाको टोली नै तानियो

ईप्रका बैजापुरमा बरिष्ठ सइ बल बहादुर नयाँ ईन्चार्ज, सइ थापा माथि अनुसन्धान जारी


सेतोखरी सेतोखरी   शुक्रबार, पुस १९, २०८१
ईन्चार्ज सई थापा सहित ९ जनाको टोली नै तानियो

नेपालगन्ज : बाँके जिल्ला स्थित ईलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरिक्षक कमल थापा कार्वाहीमा परेका छन् । ढुङ्गा–गिट्टी ओसार पसारमा करिब ३ लाख घुष खाएको समाचार बाहिरएपछि सइ थापा कार्वाहीमा परेका हुन् ।

सेतोखरी डटकमले यहि पुष १८ गते शुक्रबार ‘ईप्रका बैजापुरका ईन्चार्ज सइद्धारा ३ लाख रकम असुली’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार आए लगतै जिल्ला प्रहरी कार्यालय बाँकेले सइ थापा माथि कार्वाही प्रकृया थालेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डिएसपी धर्मराज भण्डारीले इप्रका बैजापुरका सइ कमल थापा माथि कार्वाही प्रकृया अगाडी बढाएको जानकारी दिए । डिएसपी भण्डारीले इप्रका बैजपुरमा रहेको ९ जनाकै टोलीलाई कोहलपुर तानेको र कोहलपुरबाट शुक्रबार विहान बरिष्ठ सइ बल बहादुर घर्तीको नेतृत्वमा ९ जनाको टोली इप्रका बैजापुर पठाएको जानकारी दिए । 

सेतोखरीसँग शुक्रबार कुरा गर्दै डिएसपी भण्डारीले भने ‘एसपी सावबाट ईन्चार्ज सहित पुरै टोली चेन्ज गर भन्ने निर्देशन आयो अनि मैले नयाँ टोली पठाएँ । आचरण विपरित काम गर्ने सइ थापा माथि अनुसन्धान भइरहेको छ दोषी भेटिए कार्वाही हुन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट ढुङ्गा–गिट्टीबाट अवैध रकम असुली गर्ने सई माथि कार्वाही  गर्न निर्देशन आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुल बहादुर कार्कीले कोहलपुरका डिएसपी भण्डारीलाई कार्वाही प्रकृया अघि बढाउन निर्देशन दिएको उच्च प्रहरी स्रोतले जनाएको छ । एसपी कार्कीले नै सई थापालाई ३ महिना सिमा प्रहरी चौकीको ईन्चार्ज बनाएर फेरी ईप्रका बैजापुरको ईन्चार्ज बनाएर पठाएका थिए ।

एसपी कार्कीले पठाएका सइ थापाले आफु एसपीको मान्छे भएको र सरुवा कसैले गराउन नसक्ने दम्भ देखाउदै ढुङ्गा–गिट्टी बोक्ने ट्याक्टरबाट अवैध रुपमा रकम असुल्दै आएका थिए । ट्याक्टर मालिकहरुका अनुसार, एउटा ट्याक्टरबाट ५ हजारको दरले एक महिना भित्रै सइ थापाले करिब ३ लाख असुली गरिसकेका थिए । सइ थापाले सर्वसाधारणलाई धम्क्याउदै, आतंकित पार्दै अवैध रुपमा रकम असुलीमा लागेका थिए । 

सइ थापाले वडा न. ३, ४ र ५ अन्तर्रतका ट्याक्टरबाट पैसा लिने गरेका थिए । राप्ती नदीमा टेण्डर नहुँदै सइ थापाले घुष लिएर ट्याक्टरहरुलाई अवैध रुपमा ढुङ्गा–गिट्टी बोक्न दिएपछि सिक्टा सिंचाइ व्यारेजदेखि बिनौनासम्म नै राप्ती नदीको बगर खाली भइसको छ ।

करिब एक महिना अघिमात्र इन्चार्ज भएर बैजापुर आएका कालिकोट दुरवन्दि भएका थापाले कुन वडाको कति वटा ट्याक्टरबाट कतिको दरले कति पैसा उठाए भन्ने तथ्यांक र सइ थापालाई कार्यालयमै गइ पैसा बुझाएका ट्याक्टर मालिकको अडियो रेकर्ड लगायतका प्रमाण सेतोखरीसँग सुरक्षित रहेको छ ।