बाँके प्रहरी–प्रशासन मौन, डिआइजी कार्की भन्छन् : तस्करी कदापी हुन दिन्न
नेपालगन्ज : यो दृष्य बाँके डुडुवा गाउँपालिका वडा नम्बर ४ कम्दीको हो । हेर्नुस् त गाई–गोरु टन्न राखिएका छन् । हष्टपुष्ट, तन्दुरुस्त मात्र होइन जुन गाइ–गोरु हेर्यो त्यहि राम्रो लाग्ने ।
अब तपाइलाई लाग्ला दृष्यमा देखिएको यो कुनै पशु हाट बजार हो । देखिएका गाइ–गोरुहरु बिक्रीका लागि राखिएका हुन् भनेर । नझुक्किनुस् है, न यो पशु हाट बजार हो न त यी बिक्रीका लागि राखिएका गाइ–गोरु हुन् ।
यी हुन् भारतबाट तस्करी गरी ल्याइएका गाई–गोरु । नेपालको राष्ट्रिय जनावर गाई भएपनि काटेर मासु खानका लागि बाँकेमा गाइ–गोरुको तस्करी भयावह छ ।
भारतबाट तस्करी गरी गाई–गोरु बाँकेमा ल्याइन्छ र यहाँ केही दिन राखेर ट्रकमा लोड गरी झाँपा हुँदै बंगलादेश लगायत तेस्रो मुलुकमा पुर्याइन्छ । काटेर मासु खानका लागि लगिने यी गाई–गोरुको तस्करीको हव बनेको छ बाँके जिल्ला ।
गाई–गोरुको दृष्य २०८१ माघ २८ गतेको हो । बाँकेको कम्दी स्थित पुलको दक्षिण तर्फ बगैंचामा भारतबाट तस्करी गरेर ल्याइ बथानका बथान गाइ–गोरु राखिएको छ । झण्डै एक सयको संख्यामा यी गाई–गोरु राखिएको छेउमै प्रहरी चौकी छ । टाढैबाट यी तस्करीका गाइ–गोरु जस्लेपनि देख्न सक्छ । गाइ–गोरु बाँधेकै छेउमा कम्दी चोकमा आइ प्रहरीहरु चिया पियर फर्किन्छन् ।
गाई–गोरु बाँधिएको स्थानमा गाईलाई खुवाउनलाई हालिएको पराल (घाँस) हेर्ने हो भने बारम्बार तस्करी गरेर यहि स्थानमा गाई–गोरु ल्याइ बाँध्ने गरिएको छ भन्ने जो कोहीले पनि सजिलै थाहा पाउँछ ।
हप्तै पिच्छे यहाँ गाई–गोरु ल्याउने गरेको स्थानियहरु बताउँछन् । ‘हिंडाएर गाई–गोरु ल्याउँछन् अनि यहिं बाँध्छन् । ट्रक ल्याएर लोड गरेर लग्छन् ।’ कम्दी ४ का एक स्थिानियले सेतोखरीसँग भने ‘यस्तो त सधैं चलिरहेको छ । पुलिसलाई पैसा खुवाएर गाई–गोरुको तस्करी गर्छन् भन्न सुनेका छौं । छेउमै पुलिस छ देखेर पनि केही गर्दैन् ।’
ठुला ठुला अपराधको अनुसन्धान गरेर पत्ता लगाउने नेपाल प्रहरीले दिनदहाडै सयौंको संख्यामा गाई–गोरु तस्करी हुँदा पनि थाहा नपाएकै हो त ? बाँके प्रहरी– प्रशासनले के गाई–गोरु तस्करी थाहा पाएर पनि थाहा नपाएझैं गरेका हुन् त ? यी सबै प्रश्नको उत्तर बाँके बासीले खोजिरहेका छन् ।
बाँकेमा भारतबाट गाई–गोरुको तस्करी भयावह रुपमा भइरहेको छ । बाँके जिल्लाको पश्चिमी क्षेत्र खाजुरा, रनियापुर, दक्षिणी क्षेत्र नरैनापुर र पूर्वी क्षेत्र फत्तेपुर, विनौना, बैजापुर हुँदै अगैयाबाट ठुलो संख्यामा गाई–गोरुहरु तस्करी भइरहेको स्थानियहरु बताउँछन् ।
गाई–गोरु तस्करी बारे बाँके प्रहरी–प्रशासन मौन छ । खुलम्खुल्ला यति ठुलो संख्यामा दिनहु गाई–गोरु तस्करी भइरहंदा तस्करी नियन्त्रणमा न बाँके सिडिओले सक्रियता देखाएका छन् न त बाँके प्रहरी प्रमुखले नै ।
‘प्रहरीलाई थाहा नभएर भारतबाट बाँके र बाँकेबाट झापासम्म यति धेरै चेक पोष्ट पार गरेर कसरी गाई–गोरु तस्करी हुन सक्छ ?’ नेपालगन्जका उपेन्द्र खड्का भन्छन् ‘एक किलो चिनी तस्करी भएको थाहा पाउने प्रहरीले सयौं गाई–गोरु तस्करी भएको थाहा नपाउने कहाँ हुन्छ । गाई–गोरु तस्करले प्रहरी प्रशासन सबैलाई मिलाएपछि मात्र लगानी गर्छन् ।’
तस्करहरुले गाई–गोरु तस्करीमा करोड लगानी गर्ने गरेको बताइन्छ । भारतबाट नेपाल हुँदै तेस्रो मुलुकसम्म पुर्याउदा सबैलाई रकम बुझाउँदै बुझाउँदै कारोड लगानी पुग्ने गरेको स्रोतले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पाटीका सह महामन्त्रिी तथा नेपालगन्ज निवासी ऋषी देवकोटाले गाई–गोरु तस्करी नियन्त्र रोक्न नसक्नु प्रहरी प्रशासनको ठुलो कमजोरी रहेको बताउँछन् ।
एक, दुई महिना यता देखि बाँकेमा गाई–गोरु भइरहेको सुन्नमा आएको उल्लेख गर्दे सह महामन्त्री देवकोटाले राष्ट्रिय जनावरको तस्करी प्रहरी प्रशासनले तत्काल नरोके आन्दोलनमा उत्रने समेत बताए ।
ल्ुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दान बहादुर कार्कीले तस्करी रोकिएपछि गाई–गोरु एकै ठाउँमा थप्रिएको आफुले थाहा पाएको बताए । ‘लैजानलाई भारतबाट ल्याएका रहेछन् म लुम्बिनी प्रदेश प्रहरी प्रमुख भएर आएपछि गाई–गोरु ओसार पसार रोकि दिए । अनि त्यहाँ ल्याइएका गाई–गोरु लग्नु पर्ने ठाउँमा जैजान नपाएपछि त्यहि रोकिएका छन् ।’ डिआइजी कार्कीले सेतोखरीसँग कुरा गर्दै भने ‘गाई–गोरु थुप्रिय के गर्ने होला भनेर मलाई थुप्रै कुरा आएको छ, कपिल्वस्तु, दांगमा दर्जन मुद्दा चलेका छन् म कुनै हालतमा तस्करी हुन दिने छैन ।’