अब एउटै कम्पाउण्डमा दुई वटा अस्पताल, सिडिओ भन्छन् : अवैध अस्पतालको बोर्ड निकाल्नु पर्छ
नेपालगन्ज : नेपालगन्ज अनुमती बिना संचालनमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्स अस्पतालले छेउमा अर्को अस्पतालको साइनबोर्ड राखेको छ । कार्वाहीमा परिन्छकी भन्ने डरले संजीवनीले रातारात लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजको साइनबोर्ड राखेको हो ।
सेतोखरी डटकममा आइतबार संजीवनी कलेज अफ मेडिकल साइन्स अस्पतालको ठगी धन्दा शिर्षकमा फोटो सहितको समाचार आएपछि उक्त अस्पतालले बिरामीलाई जुन अस्पतालको बिल काट्ने गर्दछ त्यहि अस्पतालको साइनबोर्ड राखेको हो ।
रोडबाटै देखिने गरी अगाडी बाटोको सामुन्ने रातारात निलो साईनबोर्ड संजीवनीले राखेको छ । तर अनुमति विनै संचालनमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्स लेखेको साइनबोर्ड भने फालेको छैन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अनुमती बिना नै संचालनमा रहेको अस्पतालको बोर्ड निकालिने बताए ।
‘प्रालिमा दर्ता गरेर मात्र हुँदैन, प्रालिमा दर्ता गरिसकेपछि प्रमाणपत्रमा प्रष्ट लेखेको हुन्छ सम्बन्धित निकायबाट अनुमति लिएर संचालन गर्नु भनेर । प्रजिअ रिजालले सेतोखरीसँग टेलिफोनमा भने ‘संजीवनीले अनुमति नै नलिइ अस्पताल चलाएको छ । माथिको आदेश पर्खिरहेको हो । अस्पताल संचालकहरुले बोर्ड निकालेनन् भने हामीले आफै निकाल्नु पर्छ । कुन कानुनमा टेकेर कार्वाही गर्ने भन्ने तयारीमा छु ।’
संजीवनी अस्पताल कम्पनी रजिष्टारको कार्यालय बाहेक कहीं पनि दर्ता छैन । कुनै पनि अस्पताल संचालनका लागि सरकारी मापदण्ड पुरा गरेर तोकिएको निकायबाट संचालनका अनुमति लिनु पर्छ ।
लुम्बिनी प्रदेश कार्यालयबाट अस्पताल संचालनको अनुमती लिनु पर्ने कानुनी प्रावधान भए पनि संजीवनी कलेज अफ केडिकल साइन्स अस्पतालले अहिलेसम्म अनुमति पाएको छैन । तर अुनमति अस्पताल संचालन गसिकेको छ । अवैध रुपमा अस्पताल संचालन गर्दापनि अस्पताल संचालक खुम अर्यालको अगाडी, बाँके सिडिओ, प्रहरी प्रमुख, मेयर सबैले घुँडा टेकेका छन् ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.सुरेश कुमार कनोडियाका कान्छा छोरा डा. नितेस कुमार कनोडिया रहेका छन् । अवैध रुपमा संचालित अस्पतालले पहिलेको भन्दा झण्डै दोब्बर उपचारको मुल्य बढाएको छ । यी लगायतका समस्यालाई लिएर उता अस्पतालका सम्पूर्ण कर्मचारी आन्दोलनमा छन् । आन्दोलन र अवैध अस्पताल संचालनको बाधक डा.सुरेश कनोडिया बनेका छन् ।
अझ रोचक कुरा त के छ भने संजीवनी कलेज अफ केडिकल साइन्स अस्पतालमा विरामी भर्ना भएपछि उपचार खर्चको विल काट्दा अस्पतालले अर्कै अस्पतालको बिल दिने गरेको छ ।
यस अस्पतालमा संजीवनी कलेज अफ केडिकल साइन्सको चारैतिर साइनबोर्ड लगाइएको छ तर विरामीलाई लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजको विल दिने गरेको छ । यस्तो हुँदा पनि आन्तरिक राजश्व कार्यालय, कानमा तेल हालेर बसेको छ ।
नेपालगन्जका एक स्थानिय कुमोद खड्काले आफ्नै अगाडी अवैध अस्पताल संचालन हुन दिनु सिडिओको निरिहता भएको टिप्पणी गरे । ‘कनोडिया र सिडिओ रातै दिन चप्किएका हुन्छन् । कनोडियाको अस्पताल, कनोडियाको छोरो सिइओ अनि कसरी हुन्छ कार्वाही ? उनले सेतोखरीसँग भने ‘कसैले विना दर्ता कुनै व्यवसाय संचालन गरोस त सिडिओले कर्मचारी पठाएर कठालो समातेर ल्याउँछन् । सानालाई ऐन ठुलालाई चैन भनेको यहि हो ।’
नेपालगन्जकै एक अस्पतालका संचालकसँग सेतोखरीले के यसो गर्न पाइन्छ र ? भनि प्रश्न गर्दा ती संचालकले भने ‘यो त बिरामी माथि र राज्य माथिको ठगी र अपराध हो । कुनै विरामीको मृत्यु भए मुद्दा कुन माथि चलाउने ? साइन बोर्ड लगाएको अस्पताल माथि की जुन अस्पतालको नामबाट बिल काटेको छ त्यो माथि ? प्रशासनले यो कुरा बेलैमा सोच्नु पर्दैन ?’
नेपालगन्ज उद्योग बाणिज्य संघका एक पूर्व अध्यक्षले भने ‘यो ठगीको पराकाष्ठा हो र प्रशासनको मिलोमतो हो । सानो व्यापारिले बोर्ड झुण्ड्याएन भने जरिवाना ठोक्ने राजश्व कार्यालयले खुलेआम अस्पताल एउटा नामको बिल अर्कै नामको काट्दा के हेरेर बसेको छ । ?