नेपालगन्ज : लुम्विनी प्रदेश सांसाद तथा पूर्व मन्त्री रत्न खत्रीले सरकारद्धारा अनुमती नलिइ अवैध रुपमा नेपालगन्जमा साइनबोर्ड राखि संचालन भएको संजीवनी कलेज अफ मेडिकल साइन्स तत्काल कानुनी दायरामा ल्याइ कार्वाही गर्नु पर्ने बताएका छन् ।
संजीवनीले अस्पताल संचालनका लागि संघिय सरकारको स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय कहिंबाट पनि अनुमती नलिएको स्पष्ट पार्दै सांसाद खत्रीले संजीवनीलाई राज्यले तुरुन्त बन्द गर्ने पर्ने बताए ।
‘अरुले कानुन विपरितको काम गर्यो भन्ने थुन्ने, लाखौं जरिवाना काट्ने अनि पहुँच हुनेलाई कानुन नलाग्ने यस्तो पनि हुन्छ ?’ सांसद खत्रीले भने ‘जस्ले अस्पताल खोल्ने अनुमती नै पाएको छैन अस्पताल भनेर कहिंकतै लेख्न पनि पाउदैन, त्यौ अस्पताल नै होइन ।’
सांसद खत्रीले अवैध कार्य गर्ने जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्ने बताए । ‘जुन संस्थाले न त संघिय सरकारको स्वास्थ्य मन्त्रालय न त प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिएको छ, त्यही संस्थाबाट अस्पताल संचालन गरिएको बोर्ड लगाएर अवैधानिक तरिकाले अस्पताल संचालन गर्नु निन्दनिय कुरा हो ।’ सांसद खत्रीले लेखेका छन् ‘नेपाल सरकारको सम्बन्धित निकायले तत्काल यस्तो अवैध कार्य गर्नेहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याइ कार्वाही गर्न माग गर्दछु ।’