नितेशले करिब ४ करोड लिएको खुलासा, मेडिकल कलेजका कर्मचारीको बैंक खातामा मात्रै क्यास ९० लाख ट्रान्सफर, मेरो १ करोडको गहना त सासुले नै राखेकीछन् : ग्रेस
नेपालगन्ज : नेपालगन्जको एक सम्भ्रान्त तथा शिक्षित परिवारले आफ्नी बुहारीमाथि सोदावाजी गरेको पाइएको छ । त्यो परिवार हो धनाढ्य तथा नेपालगन्ज मेडिकल कलेजका मालिक डा.सुरेश कुमार कनोडियाको ।
जुन परिवार डाक्टर नै डाक्टरले भरिएको छ त्यहि परिवारमा बुहारीको सौदावाजी गरिएको छ । सुन्दा जो केहीलाई पनि अचम्म लाग्ने तर सत्य । एउटा नारीलाई विहे गरेर भित्र्याउछन्, सकेजति सम्पत्ती लुट्छन्, अनि पेटमा गर्भ रहेकै बेला विहे गरेको ३ महिनामै यातना दिइ दिइ घर निकाला गरेर लखेट्छन् । एउटी नारीमाथि गरिएको यो ‘अपराधिक’ व्यवहार सुन्दा कस्को मन नभक्कनिएला र । सेतोखरी डटकमको खोज तथा अनुसन्धानबाट सबै कुरा पत्ता लागेको हो ।
एउटा बौद्धिक परिवारमा यतिसम्म कुकृत्य हुन्छ भन्ने कसैले सोच्न पनि सक्दैन । विवाह गरेको भोलीपल्ट देखि नै बुहारीलाई यातना दिएर राखेको कनोडिया परिवारले त्यहि बुहारी भित्र्याउँदा नै सौदावाजी गरेर भित्र्याएको तथ्य सेतोखरीले फेला पारेको छ ।
वैकुण्ठधामका अध्यक्ष समेत रहेका डा.सुरेश कुमार कनोडिया माहिला छोरा संजीवनी कलेज अफ मेडिकल साइन्सका सिइओ डा.नितेश कनोडियाको काठमाण्डौ स्थित छोटेलाल रौनियारका छोरी ग्रेस रौनियारसँग विवाह भयो ।
ग्रेस पनि धनाढ्य परिवारकी छोरी हुन् । अनि नितेशको विहे हुने अन्तिम टुंगो लागिसकेपछि कनोडिया परिवारले रौनियार परिवारसँग लाख होइन करोडौंको सादाबाजी गरेर मात्र ग्रेसलाई बुहारी बनाएर भित्र्यायो । ग्रेसका दाइ, भाइ छैनन् । बुवाको सबै बिजनेश ग्रेसले नै हेर्छिन् । लेनदेन पैसा उनकै हातमा हुन्छ । महादेवको तीन नेत्र भने झै पैसावाल रौनियार परिवार देखेपछि कनोडिया परिवारको पनि तीन नेत्र बलेको देखिन्छ ।
सेतोखरीलाई प्राप्त प्रमाणहरु अध्ययन गर्दा सिइओ डा.नितेशले पैसामा तौलिएर ग्रेसलाई श्रीमती बनाएर भित्र्याएको प्रष्ट देखिन्छ । नितेशले श्रीमती भित्र्याउँदा करोडौं रकम, सुन, हिराका अनगिन्ति गरगहना लिएका छन् । श्रीमती÷बुहारी भित्र्याउने सँगै रौनियार परिवारको रकम कसरी कुम्ल्याउने भन्ने सोच देखिन्छ कनोडिया परिवारको ।
‘जति जति विहे नजिक हुँदै गयो कनोडिया परिवारबाट एक पछि अर्को डिमाण्ड आउँदै गयो । डिमाण्ड पुरा नगरौं विहे क्यान्सिल होला भन्ने डर अनि बाध्य भएर पुरा गर्नै पार्यो नि ।’ नितेशकी श्रीमती ग्रेसले सेतोखरीसँग भनिन् ‘डाक्टरहरुले भरिएको परिवार सबै शिक्षित भएकाले यस्तोसम्म गर्लान भन्ने सोचेको पनि थिएनौ हामीले । माग्दै गए दिंदै गायौं ।
कनोडिया परिवारले यतिसक्क की छोरा डा.नितेशको विहेको सम्पूर्ण खर्च रौनियार परिवारसँग नै क्यास मागेर असुल गर्यो । मारवाडी अनि धनाढ्य परिवार, मेडिकल कलेजका मालिक कनोडिया परिवारलाई धनमाल र क्यास गरेर करिब ४ करोड बुझाएको सिइयो डा.नितेश श्रीमती ग्रेसले मानवअधिकार आयोगमा बताएकी छन् ।
ग्रेस र नितेशको विहे नेपालगन्जबाट लखनउ भएको थियो । सिइओ डा.नितेशले विहे गर्दा के के डिमाण्ड गरेर लगे भन्ने कुराको सम्पूर्ण प्रमाण सहितको लिस्ट सेतोखरीसँग रहेको छ । गोपनीयताको कारणले ती प्रमाण समाचारमा राखिएको छैन् ।
नितेशको विहे भारतको लखनउबाट भएको थियो । नेपालगन्जबाट गएको जन्ती र त्यहाँ भएको नितेशको विहेको खर्च वापत रौनियार परिवारले नेपाली १ करोड दिएको श्रीमती ग्रेसले बताइन् ।
त्यस्तै नेपालगन्जमा विहे पाटी खुवाउदा र विहेमा अन्य खर्च लागेको भन्दै क्यास ९० लाख नितेशले रौनियार परिवारबाट लिएको देखिन्छ । बुवा डा.सुरेश कनोडिया र छोरा डा.नितेशले आफ्नो परिवारको बैंक खातामा नभइ नेपालगन्ज मेडिकल कलेजका दर्जन कर्मचारीको खातामा रौनियार परिवारबाट ९० लाख बैंक ट्रान्सफर गराएको प्रमाणहरुले देखाएको छ ।
प्रमाण अनुसार, बुवा डा.सुरेश र छोरा दुलहा डा.नितेशले विभिन्न कर्मचारीको बैंक खाता नम्बर दिएर रकम मगाएको देखिन्छ । उनिहरुले आफ्नै नाता पर्ने नेपालगन्ज मेडिकल कलेजकै डा.पिउस कनोडियाको नाममा ८ लाख रुपैंया मगाएका छन् । नितेशका ससुरा छोटेलाल रौनियारको बैंक खाताबाट डा.पिउसको हिमालयन बैंकमा रहेको बैंक खाता न.०२००४५०९६६००१६ मा ८ लाख रकम गएको देखिन्छ ।
त्यसैगरी प्राप्त प्रमाण अनुसार, डा.सुरेश कनोडियाका पिए कलेजकै कर्मचारी प्रतिभाको सिद्धार्थ बैंकमा रहेको खाता न.०१५१५१६३७६५ मा नितेशका ससुरा छोटेलाल रोनियारको खाताबाट ८ लाख रकम ट्रान्सफर भएर गएको देखिन्छ । पाठकको विश्वसिनियताका लागि रकम पठाएको यी दुई जनाको मात्र विवरण राखिएको हो । यस्तै अन्य १६ जनाको बैंक खातामा रौनियार परिवारले रकम ट्रान्सफर गरेको छ । डिपोजिट गरेको सबै रकम जोडेर ९० लाख दुलाहा डा नितेशका सुसुरा छोटेलाल रौनियारले पठाएका छन् ।
कनोडिया परिवारले माग गरे बमोजिम एक करोड भन्दा बढीको सुनका सुक्रि, हिराका गहना, महंगा घडीहरु (कनोडिया परिवारका लागि) आफै किनेर दिएको नितेशकी श्रीमती ग्रेसका बताइन् ।
त्यति मात्र कहाँ हो विहेको नजिक नजिक दुलहा डा नितेशकी आमा रश्मी कनोडियाले हुने बुहारीलाई वाट्सएपमा म्यासेज पाठाएर बहुमूल्य सामान माग गरिन् ।
सेतोखरीलाई प्राप्त भएको रश्मी कनोडियाको मोवाइल नम्बरबाट आएको वाट्सएप म्यासेज हेर्दा पहिलो दिन ७ वटा बहुमूल्य घडी किनेर ल्याउन ग्रेसलाई लिस्ट पठाएकीछन् । फेरी दोस्रो दिन ११ वटा घडीको लिस्ट पठाएकीछन् । सासुको माग अनुसार, करिब २५ लाख मूल्यका १८ वटा घडी किनेर आफुले सासु रश्मी कनोडियालाई दिएको नितेशकी श्रीमती ग्रेसले बताइन् । ग्रेसले कनोडीया परिवारलाई प्रदान गरेको गिफ्ट र अन्य खर्चको हिसाब त आफुले नगरेको बताइन् ।
‘नितेश र परिवारले हाम्रो सम्पत्ती कुम्ल्याउन फ्युचर प्लालिङ् गरेको हो की जस्तो पनि लाग्छ । उसको नेपालगन्जमा जस्तो घर छ हाम्रो पनि काठमाण्डौंमा त्यस्तै घर छ । ग्रेसले सेतोखरीसँग कुरा गर्दै भनिन् ‘नितेश काठमाण्डौं घरमा आएको बेला पनि सुइँ सुँइ घरभित्र पस्थ्यो यताउता चारैतिर हेथ्र्यो । पटक पटक तिम्रो बुवाको सम्पत्ती कति हो पैसा कति छ सोध्थ्यो । यसले किन यस्तो सोधीराछ भनेर मैले मुखै खोल्दिनथें ।
ग्रेसले आफ्नो १ करोड जतिको विभिन्न वहुमुल्य गरगहना सामानहरु सासु रश्मि कनोडियाले नै राखि दिएको बताएकी छिन् । उनका अनुसार, हिराका थुप्रै ज्वइलरी, सुनका ज्वइलरी, महंगो मूल्यका घडी, ब्राण्डेड कपडा, ल्यापटप, आइप्याड गरी करिब १ करोड भन्दा बढीको सामान सासुले नै खोसेर राखिदिएको ग्रेसले बताइन् ।
ग्रेसका श्रीमान डा.नितेश कनोडियाले अदालतमा मुद्दा विचाराधिन रहेकाले आफुले प्रतिक्रिया दिन नमिल्ने बताए ।
कनोडिया परिवारले यातना दिएर लेखेटेपछि विहे गरेको ३ महिना देखि नै नितेशकी श्रीमती ग्रेस काठमाण्डौमा बसेर कानुनी लडाइ लडिरहेकीछिन् ।