बुहारीको टाउकोमा हात राखेर नितेशका बुवा डा.सुरेश कनोडियाले माफि मागिरहे, बुहारी ग्रेसले भनिन् ‘५ पटक त माफि दिइसके अब कति पटक दिउँ’
नेपालगन्ज : वैकुण्ठधामका अध्यक्ष तथा नेपालगन्ज मेडिकल कलेजका मालिक डा.सुरेश कुमार कनोडिया यातना दिएर लेखेटेकी बुहारीलाई फकाउन सुटुक्क काठमाण्डौं पुगेका छन् । सेतोखरी डटकममा कनोडिया परिवारले बुहारीलाई यातना दिएको कुरा प्रकाशित भएपछि समाजमा इज्जत जाने डरले डा.कनोडिया बुहारी ग्रेस रौनियारलाई फकाउन काठमाण्डौं पुगेका हुन् ।
बुहारीलाई चरम यातना दिएर नेपालगन्जमा वैकुण्ठधामको ढोल पिटिरहेका डा.कनोडिया आफुमाथि आपत आइ लाग्न थालेपछि बुहारीलाई फकाउन मंगलबार उनकै माइतीघर पुगेका छन् । म आउँदैछु समेत नभनेर कनोडिया बुहारी ग्रेस रोनियारको माइतीघर पसेका थिए ।
श्रोतका अनुसार, कनोडिया घरभित्र प्रवेश गरिसकेपछि सिधै बुहारी ग्रेसको प्राइभेट रुममा गएका थिए । ‘ससुरालाई देख्ने वित्तिकै ग्रेस आत्तिन’ समाचार स्रोतले भन्यो ‘अनि कनोडियाले सिधै बुहारीको टाउकोमा हात राखेर मुझे माफ कर्दो बेटा भनेर माफी मागिरहे ।’
भर्खर विहे गरेर गएकी आफुलाई कनोडिया परिवारले यातना दिएर लखेटेको ग्रेसको मानसपटलमा ताजै थियो । ग्रेसले भुलेकी थिइनन् डा.नितेश कनोडियाको ३ महिनाको गर्भमा रहेको बच्चासँगै कनोडिया परिवारबाट चरम यातना पाएर आँशुका धारा बगाउँदै आफु लखेटिएको ।
स्रोतका अनुसार, अनि बुहारी ग्रेसले ससुरा कनोडियालाई भनिन् ‘पापा ५ बार माफ माग चुके हो कितेने बार माफ करु ? बेर हो गया हे पापा । अब जो होगा, होगा ।’
चुनाव आउँदा मात्र पैसाको बलमा राजनीतिमा होमिने गरेका नेपाली काँग्रेसका महासमिति सदस्य डा.कनोडिया बुहारीलाई फकाउन मंगलबार हर प्रयार गरे तर सकेनन् । ‘जे भयो भयो विगतमा त्यसको लागि हामीलाई माफ गरिदेउ बुहारी । हामीमाथि नराम्रो केही नगर । मेरो छोरा नै खराब छ, कति पटक सम्झाइसके नितेशलाई । केही भन्यो भने मर्छु भन्छ ।’ ससुरा कनोडिया र बुहारी ग्रेस बिच भएको कुरा स्रोतले सेतोखरीसँग भन्यो ।
अनि बुहारी ग्रेसले आफु कानुनी लडाइमा गइ सकेको भन्दै अब कुनैपनि हालतमा व्याक नहुने बताएपछि डा.कनोडिया नितेशबाट जन्मिएको छोरालाई (आफ्नो नाती) खेलाउँदै घरबाट बाहिरीएका थिए ।