समाचार बिश्लेषण : कनोडिया काण्ड भाग -४

कनोडियाको वैकुण्ठधाम, कर्मचारीको आँशु र बुहारीमाथिको यातना


दामोदर भण्डारी दामोदर भण्डारी   ६ घण्टा अगाडि
कनोडियाको वैकुण्ठधाम, कर्मचारीको आँशु र बुहारीमाथिको यातना

डाक्टर सुरेश कनोडियालाई नचिन्ने को होला र ! बडेमानको मेडिकल कलेज अस्पताल संचालन गरेको मान्छे, धनी मान्छे सबैले यहि भनेर चिन्छन् नेपालमा । त्यसमा पनि नेपालगन्जमा त डाक्टर कनोडिया भन्ने वित्तिकै अस्पतालको मालिक, ठुलो मान्छे, राजनीतिक दलहरुले चन्दा पाइहालिन्छकी भनेर दुई कदम पछाडी नै हटछन् । कसैले छोरा, छोरीलाई मेडिकल कलेजमा जागिर लगाइदिहाल्छन्की भनेर देख्ने वित्तिकै

डाक्टर साव नमस्कार भन्छन् भने कसैले औषधी उपचारमा छुट पाइहालिन्छकी भनेर सेवा सत्कार गर्छन् ।
उमेरले कनोडिया ७० बर्ष माथि पुगिसके । उनी अहिले धर्मकर्मतिर तल्लिन छन् । अरुलाई रुवायर, शोषण गरेर वा गलतबाटोबाट पैसा कमाएकाहरु एक चरणमा पैसा कमाइसकेपछि घरमा सप्ताह, पुराण लगाउने गरेको, महिनौ लगायर नेपाल र भारतका धार्मिक स्थलहरुको भ्रमण गर्ने गरेको, ठुलो ठुलो रकम दान गर्ने गरेको र धर्मकर्म तर्फ बढी लाग्ने गरेको मैले थुप्रैलाई देखेको छु । 

त्यसो किन गर्दा रहेछन् त भने अरुलाई आफुले जति नराम्रो गरेको छ जतिलाई रुवाएको छ उनीहरुको श्राप नलागोस्, परिवारमा अनिष्ट नहोस्, कहीं कतैबाट हानी नोक्सानी नहोस्, गरेको पाप पखालियोस्, परिवारमा कुनैपनि समस्या नआवस भनेर भगवानको साहारा लिने र धर्मकर्ममा तल्लिन हुने ।

अहिले डाक्टर कनोडिया पनि धार्मिक बनिरहेकाछन् । बाँके जिल्लाको सिधनिया घाटमा वैकुण्ठधाम निमार्ण गर्न लागिरहेका छन् । उनी वैकुण्ठधाम सिधनिया घाटका अध्यक्ष नै छन् । त्यसकै लागि महायज्ञ लायर कनोडियाले ठुलै रकम दान पनि गरिसकेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

तर ‘बुर्का भित्रको कुरुप तस्विर’ जस्तै कनोडिया र कनोडिया परिवारको तस्विर अहिले बाहिर छर्लङ्ग देखिएको छ । २० औं बर्षदेखि नेपालगन्ज मेडिकल कलेजमा जागिर खाएकाहरुलाई धुरु धुरु रुवाइरहेका छन् कनोडियाले । के तिनीहरुको आँशुले पोल्दैन कनोडियालाई ? डाक्टर छोरा नितेशको विहेका नाममा करोडौं रकम बुहारीको माइतीबाट कुम्ल्याएर आफ्नै छोराको तीन महिनाको गर्भ बोकेकी बुहारी रुँदै रुँदै घरबाट लखेटिएकीछन् । के बुहारीको आँशुले पोल्दैन कनोडियालाई ? गर्भमा रहेको बच्च जन्मिएर २ बर्षको भइसक्यो सानो दुधे बच्चाको रुवाइले कनोडियाको परिवारलाई पाप नलाग्ला ?

यहि हो कनोडियाको धर्म ? यहि हो कनोडियाको समाजसेवा ? मरेपछि आफु पनि वैकुण्ठधाम पुग्ने र अरुलाई पनि वैकुण्ठधाम पुर्याउने अभियानमा जुटेर नेतृत्व सम्हालेर हिंडेका कनोडिया के अरुको आँशुमा होली खेलेर वैकुण्ठधाम पुग्लान त ? पक्कैपनि तपाईलाई राम्रो हुने छैन । बुहारी र सानो दुध बच्चामाथि तपाइ लगाएको परिवारले गरेको कुकृत्य कसैले माफ गर्न सक्दैन । ‘मेडिकल कलेजका सयौं कर्मचारी र बुहारीमाथि अधर्म गरेर कनोडिया कसरी धार्मिक बन्न सक्नुहुन्छ ? यो त कनोडियाको ढोङ्गी चरित्र हो भन्न थालिसके सामाजिक संजाल र नेपालगन्जबासीले ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर बिक्रीका नाममा १५ सय कर्मचारी र उनीहरुमा आश्रित परिवारको विचल्ली हुने गरी आफ्नो स्वार्थका लागि अस्पतालका मालिक कनोडियाले चालेको कदमले उनलाई नै भतभती पोल्ने छ । 

६ महिनादेखि मेडिकल कलेजमा आन्दोलन भइरहेको छ । अस्पतालले अन्याय गरेको भन्दै विभिन्न माग राखेर कर्मचारीहरु आन्दोलनमा छन् । अस्पताल बिक्री गरेर कनोडियाले करोडौं रकम त बुझे तर १५ सय कर्मचारीको विचल्ली बनाएर । अहिले कर्मचारी घर न घाटका भएका छन् । 

अस्पताल बिक्री गर्दा कनोडिया शेयर बहुमतका मालिक थिए । कर्मचारीको व्यवस्थापन गर्ने दायित्व कनोडियाको होइन ? करोडौं रकम बुझेर आफ्नो स्वार्थपूर्ती भएपछि कर्मचारीको भातको थालमा कसिंगर राखेर निस्किय कनोडिया । 

२० बर्षदेखि जागिर खाएका कर्मचारी अहिले जागिरबाट निकालिएका छन् भने दुःख दिएपछि जागिर छोड्छनकी भनेर कोहीलाई बिनाकारण जहाँ पायो त्यहिं सरुवा गर्ने काम भइरहेको छ । जागिरबाट निकालिएकाले सेतोखरीसँग रुँदै भनेका छन् ‘कारण नै थाहा छैन अस्पतालले निकाली दियो अब बालबच्चा कसरी पाल्ने । के यीनीहहरुका आँशुले कनोडिया र कनोडिया पारिवारलाई वैकुण्ठधाम पुग्न देला र ?’

वैकुण्ठधाम भन्दै धर्म र समाजसेवाको नारा लगाउदै हिंडेका कनोडियाले एकातिर एउटी नारीलाई तड्पाई तडपाई घरबाट लखेटर पल–पल आँशु पीउन बाध्य बनाएका छन् भने अर्को तर्फ दिन दिनै अस्पतालका कर्मचारी र उनका परिवारलाई रुवाइरहेका छन् ।  

वैकुण्ठधामको ढोङ् पिटेर, मन्दिरमा आरती बालेर वैकुण्ठधाम पुगिदैन कनोडिया सर । पहिले आफ्नो मन भित्र आरती बाल्नुस् मन्दिरमा होइन् । कर्मचारी, बुहारी र अवोध काखे बच्चाको आँशु पुछ्नुस् पहिला । अनि मन्दिर, आरती, भगवान, वैकुण्ठधाम घरमै पाउनु हुनेछ । 

छिटो भन्दा छिटो बुहारीको कुरा सुल्झाउनुस् अनि मेडिकल कलेजको कर्मचारीको बिषय सुल्झाउनुस् अनि मात्र तपाईको कल्याण हुने छ । होइन भने अहिले पाइन्टको टाँक (बटन) मात्र फुस्किएको छ सबै कपडानै फुस्किएला मेरो सुझाव ।