अंश नलाग्नेगरी करिब ४० करोडको शेयर रश्मी र सुरेश कनोडियाको नाममा, छोराको पनि माया नलाग्ने निर्दयी बाबु रहेछ नितेश : श्रीमती ग्रेस
नेपालगन्जका धनाढ्य करोडौंका मालिक डाक्टर सुरेश कुमार कनोडिया परिवारले कान्छा छोरा नितेशकी श्रीमती ग्रेस रौनियार कनोडिया र नातीलाई सम्पत्ति ठगी गर्नका लागि गोप्यो रुपमा अंशवण्डा गरेको छ । बुहारी ग्रेसलाई स–परिवार मिलेर यातना दिइ ३ महिनाको गर्भको बच्चा सहित घरबाट लखेटेपछि कनोडिया परिवारले गुपचुप अंशवण्डा गरेका हो ।
बुहारीलाई काठमाण्डु स्थित माइत लखेटीसकेपछि र अब फर्केर नआउने निश्चित गरिसकेपछि सम्पत्ति लुकाउनलाई हतार हातार कनोडिया परिवार जिल्ला मालपोत तथा भुमिसुधार कार्यालय बाँकेमा गइ गोप्य रुपमा अंशवण्डा गरेको देखिन्छ ।
सुरेश कुमार कनोडियाले जिल्ला मालपोत तथा भुमिसुधार कार्यालय बाँकेमा गइ कान्छि बुहारी र नातीलाई अंशियार नदेखाएर आफुहरु ४ जना मात्र अंशियार रहेको देखाउँदै गुपचुपमा अंशवण्डा गरेका छन् ।
सेतोखरीलाई मालपोत कार्यालय बाँकेबाट प्राप्त कागजात अनुसार, सुरेश कुमार कनोडिया, श्रीमती रश्मी कनोडिया, जेठो छोरा रितेश कनोडिया र कान्छो छोरा नितेश कनोडिया सहित ४ जनाको नाममा ५० औं करोडौंको सम्पत्ती जम्मा ६ करोडको मात्र भएको देखाएर अंशवण्डा गरेका छन् ।
नितेश कनोडियाकी श्रीमती ग्रेस र उनीबाट जन्मेको छोरालाई सम्पत्ती ठग्ने (लुकाउने) उद्देश्यले कनोडिया परिवारले गोप्य रुपमा अंशवण्डा त गरेनै अंशवण्डा कागजमा अंश भाग नलाग्ने विभिन्न शब्दावली तथा शर्तहरु राखेको अंशवण्डा कागजातले छर्लङ्ग देखाएको छ । (अंशवण्डाको कागजात माथि फोटोमा हेर्नु होस्)
बुहारी ग्रेसलाई घरबाट लखेटीसकेपछि उनीहरुले हतार हतारमा अंशवण्डा गरेका थिए । कनोडिया परिवारको चारजनाका नाममा गरिएको अंशवण्डा कागजमा सम्पूर्ण सम्पत्तीको (घर, जग्गा) मूल्य नै थोरै देखाएका छन् । त्यति मात्र कहाँ हो र मेडिकल कलेज सहित झण्डै एक दर्जन कम्पनीमा रहेको कनोडिया परिवारको शेयर जस् जस्को नाममा छ उसैको हक लाग्ने उल्लेख छ ।
‘हामी अंशियारहरुले आ–आफ्नो अंश भाग वापत तपसिलमा लेखिए बमोजिमको घर÷जग्गा जम्मा मोल बिगो रुं ६,३७,९०,०००।– (अक्षरेपी छ करोड सैतिस लाख नब्बे हजार रुपैंया) जाने घर÷जग्गा आ आफ्नो अंश भाग वापत नरम गरम मिलाई अंश लिने दिने र सो सम्पत्ति बाहेक अन्य नगद, गरगहना, धनमाल, विभिन्न कम्पनीहरुमा रहेका शेयर समेत जुन जुन अंशियारका नाउमा दर्ता कायम एंव जिम्मामा रहेको छ उसैको अंश भागमा पर्ने गरी यो अंशवण्डा गर्न मन्जुर भएका छौं ।’ सेतोखरीलाई प्राप्त अंशवण्डा कागजातमा अगाडी लेखिएको छ ‘पछि हामीले अंश पाएका छैनौ वा अंश घटी बढी वा सबै शेयर एंव धनमालमा समेत अंशवण्डा हुनु पर्ने हो भनि एक अर्का उपर कुनै उजुर बाजुर गर्ने छैनौ, उजुर गरे यसै कागजबाट बदर होस् ।’
अंशवण्डा कागजनै यति जटिल प्रकृतीको गरिएको छ । अंशवण्डा कागजातले प्रष्ट के देखाउँछ भने जसरी हुन्छ नितेशकी श्रीमती ग्रेस र नितेशको छोरालाई थोरै भन्दा थोरै सम्पत्ति भाग लागोस् ।
ती सबै कम्पनीहरुमा रहेको अनुमानित करिब ४० करोड मुल्य बराबरको शेयर नितेशका बाबु सुरेश कुमार कनोडिया र आमा रश्मी कनोडियाको नाममा रहेको छ । अंशवण्डाको कागजले नगद, धनमाल, कम्पनीका शेयर जस् जस्को नाममा छ उसैको हुने भनेकाले सबै कम्पनीमा रहेको शेयर सुरेश कनोडिया र रश्मी कनोडियाको हुन जान्छ । नगद र धनमाल पनि उनीहरुसँगै छ ।
यसरी गरिएको अंशवण्डाले नितेशको नाममा थोरै मुल्यको सम्पत्ति जान्छ र नितेशको भागबाट उनकी श्रीमती ग्रेस र छोराले थोरै पाउछन् । कान्छि बुहारी र नातीलाई ठगी गर्नका लागि कनोडिया परिवारले सम्पत्ति लुकाउन यस्तो प्रपञ्च मिलाएको अंशवण्डा कागजातबाट देखिन्छ ।
त्यति मात्र होइन अंश बाडेंका चारै जनाले अंश नपाएको, घटी बढी पाएको, नगद धनमाल र शेयर अंशवण्डा हुनु पर्ने भनि कहिंपनि उजुरी नगर्ने भनि सहिछाप गरेका छन् ।
डाक्टर कनोडियाकी कान्छि बुहारी अर्थात नितेशकी श्रीमती ग्रेसले ३ महिनाको पेटको बच्चा सहित आफुलाई घरबाट लखेट्नै वित्तिकै उनीहरु मालपोतमा गएर अंशवण्डा गरेको बताइन् ।
नोट : अंशवण्डाको ७ पेजको कागजात यहाँ राख्न संभव नभएकाले राखिएको छैन ।
‘मलाई घरबाट लखेटेपछि म काठमाण्डु बस्न थाले अनि यीनीहरुले अब थुप्रै सम्पत्ति भाग जान्छ भन्ने लागेर मालपोतमा गइ अंशियारमा मेरो नाम समेत नराखेर ४ जनाका नाममा अंशवण्डा गरेछन् ।’ नितेशकी श्रीमती ग्रेसले सेतोखरीसँग भनिन् ‘सम्पत्ति ठग्ने उद्देश्यले कनोडिया परिवारले यस्तो जाल रचेछन् । छोरा जन्मिसकेपछि मालपोतमा गएर हेर्दा त म र मेरो बच्चाले सम्पत्ति नै नपाउने गरि पो अंशवण्डा गरेका रहेछन् । कस्ता निर्दयी हुन् आफ्नो रगतको त माया मान्नु पर्छ । कस्तो निर्दयी बाबु रहेछ नितेश आफ्नो छोरालाई पनि सम्पत्ति ठग्न खोज्ने ।’ उनले सम्पत्तिका लागि अदालती लडाई लडिरहेको बताइन् ।
यस बिषयमा ग्रेसका श्रीमान नितेश कनोडियाले अदालतमा मुद्दा चलिरहेकाले आफुले कुनै प्रतिक्रिया नदिने बताए ।