हतियार सहित पक्राउ परे प्रजुन गिरी, प्रहरीले मुद्दा चलायो


हतियार सहित पक्राउ परे प्रजुन गिरी, प्रहरीले मुद्दा चलायो

नेपालगन्ज: बाँके प्रहरीले हातहतियार खरखजानामा एक जना ब्यक्तिलाई मुद्दा चलाएकोछ ।

बर्दिया जमुनी–८, स्थायी घर भई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५५ वर्षिय प्रजुन गिरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्दा चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहका अनुसार हतियार सहित पक्राउ परेका गिरी उपर हातहतियार खरखजानामा मुद्दा चलाइएको बताए ।

हतियार सहित भारतबाट नेपाल आइरहेका प्रजुन गिरीलाई हिजो सोमबार बेलुकी सवा सात बजे नेपालगन्ज भन्सार कार्यालयको मेनगेटबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर रानाको कमाण्डमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा गिरीलाई हतियार सहित फेला पारेपछि नियन्त्रणमा लिएको थियो ।

यूपी ४० एसी १५१८ नम्बरको भारतीय गाडी नम्बरको कारमा आएका गिरीले लुकाईछिपाई एयर गन र त्यसमा प्रयोग हुने पाँच सय राउण्ड छर्राको एक डब्बा बरामद गरेको थियो ।

सशस्त्र प्रहरीले हतियार सहित पक्राउ परेका गिरीलाई आवश्यक कारबाहीका लागि बरामद गरिएको एयर गन, त्यसमा प्रयोग हुने पाँच सय राण्ड छर्रा र यूपी ४० एसी १५१८ नम्बरको भारतीय गाडी नम्बरको कार जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।

हतियार सहित पक्राउ परेका प्रजुन गिरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव बहादुर सिंहले पक्राउ परेका प्रजुन गिरीलाई अदालतबाट म्याद थप गरि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएकोछ । हामीले अनुसन्धान सुरु गरिसकेका छौं, थप कुरा अनुसन्धान पछि आउने बताए ।