संविधानदिवसका अवसरमा साईकल दौड


संविधानदिवसका अवसरमा साईकल दौड

नेपालगन्ज : संविधान दिवसका अवसरमा साईकल दौड प्रतियोगिता गरिदैंछ । साइकल अभियानमा कृयाशिल नेपालगन्ज साइक्लिङ्ग क्लबले संविधान दिवसको अवसरमा साइकल दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

क्लबका सचिव गगनसिंह थापाका अनुसार देशभर संविधान दिवस भब्य रूपमा मनाउन सरकारले समेत अपील गरिरहेको सन्दर्भमा दिवसलाई टेवा पु¥याउने उद्देश्यका साथ साइकल प्रतियोगिताको आयोजना गरिएको हो ।

क्लबका उपाध्यक्ष लवराज श्रेष्ठका अनुसार साईकल प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको बताए । उनले भने ३५ वर्ष माथिका लागि ३६ किमि र ३५ वर्ष मुनिका लागि ४० किमि दूरी तय गरिएकोछ ।

डुडुवा गाँउपालिकाको सहयोगमा क्लबद्वारा आयोजना हुने प्रतियोगितामा एक सय बढीको सहभागिता हुने छ ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार विहान साढे ६ बजे नेपालगन्जको रामलिला मैदानबाट शुरु हुने प्रतियोगिता सुर्खेतरोड भएर, राँझा हुदै कम्दीबाट फुल्टेक्रा भएर पुनः रामलिला मैदानमा पुगी समापन हुनेछ ।

नेपालगन्जमा साइकल अभियानमा सक्रिय नेपालगन्ज साइक्लिङ्ग क्लबले यसअघि मेयर कप साइकल दौडको २ वटा सिरिज, सद्भाव डटकम टुर दि ठाकुरद्वार–२०७५, नेपालगन्ज कोरा–२०७६ जस्ता महत्वपूर्ण प्रतियोगिता समेत सम्पन्न गरिसकेकोछ भने यसै वर्ष ‘रारा च्यालेन्ज–२०७६’ नेपालगन्ज देखि रारातालसम्मको साइकल दौड प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको क्लबका सदस्य सतिश निरौलाले सेतोखरीलाई बताए ।