पक्राउ पर्नेमा नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया कान्छी माया घले छिन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले उनलाई हुलाक कार्यालय, सुन्धाराबाट पक्राउ गरेको हो ।
उनका अनुसार त्यो चरेसलाई पार्सल गरेर हङकङ पठाउन लागिएको थियो । त्यो चरेस कसलाई पठाउन लागिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकी युवती डान्स बारहरुमा समेत नाच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनले विभिन्न महोत्सवहरुमा पनि नृत्य प्रस्तुत गर्ने गरेकी थिइन् ।
बयानका क्रममा उनले यसअघि एक पटक सजिलैसँग अगरबत्ती पठाएकाले चरेस पठाउन सकिन्छ कि भनेर प्रयास गरेको बताएकी छन् । यद्यपि, प्रहरीले उनले यसअघि पनि यसरी नै चरेस पठाएको हुनसक्ने आशंका गरेको छ ।