अगैया(बाँके) २७ मंसिर : सिक्टा सिंचाई आयोजना सधै राजनीतिक दल, मन्त्री, सांसद र पत्रकारको ‘दुहुनो गाई’ जस्तै बन्दै आएको छ । तत्कालीन सिँचाइ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिलान्यास गरेको सिक्टामा त्यसयता फेरबदल भएका विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना निर्देशक राख्दै आएका छन् । मन्त्री फेरिएसँगै सिक्टाको प्रमुख पनि फेरिने प्रवृत्तिको हाबी भएको छ । यसले पनि आयोजना निर्माणमा ढिलाई र आर्थिक अनियमितता बढाएको हो ।
शुरू चरणमा आयोजना नर्देशक बनेका कृष्णराज तिमिल्सिनादेखि अहिलेसम्म थुप्रै निर्देशकहरू बदलि भईसकेका छन् । तिमिल्सिनापछि सर्वदेव जैसवाल, दीलिप कार्की, सरोज पण्डित, रमेश बस्नेत, महेश्वरनरसिंह केसीले निर्देशकको जिम्मेवारी पाएका थिए । अहिले पुनः बस्नेत निर्देशकको जिम्मेवारीमा छन् । आयोजना निर्देशक बन्न कर्मचारीले राजनीतिक पहुँचलाई सधैँ प्रयोग गर्दै आएका छन् । मन्त्रीहरूले आफ्नो अनुकूल आयोजना चलाउने, निकटका ठेकेदारलाई ठेक्का दिएर आर्थिक फाइदा लिने, आफू मन्त्री पदमा रहँदासम्म आफ्ना पार्टीका नेता, कार्यकर्तालाई सवारी साधन, ईन्धन दिलाउनेदेखि जागिर खुवाउने सम्मका क्रियाकलाप गर्ने गरेका छन् । मन्त्रीकै आडमा सिक्टाभित्र जागिर खाने दलका कार्यकर्ता अहिले पनि थुप्रै संख्यामा रहेको आयोजनाले बताएको छ ।
मन्त्री फेरिएसँगै निर्देशक फेरबदल हुने गरेपनि आयोजनाको निर्माण पनि सुस्त गतिमै रहेको छ । तोकिएको समय सीमा नाघिसकेपनि आयोजना पुरा गर्ने र बाँके, बर्दियाका कसिानलाई सिचाई सुविधा पु¥याउन तर्फ कसैले गम्भीर रूपमा चासो देखाएका छैनन् । निर्माणको काम पनि लक्ष्य अनुसारको स्तरीय हुन सकेको छैन् । यसैको प्रतिफेल आयोजनाका नहर पटक पटक भाँसिने र भत्कीने गरेका छन् । मन्त्री फेरिएसँगै आउने नयाँ निर्देशक पनि समयमै सिक्टाको निर्माण सक्ने भन्दा पनि आफनो दुनो सोझाउने र मन्त्रीलाई रातारात मालामाल बनाउँने तर्फ उत्प्रेरित हुने गरेको खुलेको छ ।
सिक्टामा अहिले अख्तियारले छापा मारेको छ । मुद्दा बिशेष अदालतमा दायर भएको छ । यसको रस चुसेका साँसददेखि मन्त्री, बाँकेका नेतादेखि पत्रकारको समेत निद हराम भएको स्थानीय बताउँछन् । अस्ट्रेलिया सम्मिलित माटो विशेषज्ञ टोलीले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मुल नहरको मंगलबारबाट अध्ययन थालेको छ । घुलनशील माटोका कारण दुई पटक भत्केर दर्जनौं ठाउँमा नहर जीर्ण भएको छ । मुल नहरमा माटोका कारण समस्या भएको भन्दै समाधान गर्न आयोजनाले टोली बोलाएको हो । दुई विदेशीसहितको चार सदस्यीय टोलीले स्थलगत रूपमा काम सुरु गरेको आयोजना प्रमुख कृष्ण नेपालले बताए । मंगलबार सिक्टाको अगैयास्थित मुख्य हेड वक्स र बालापुरदेखि अगैयास्थित जीर्ण नहरको टोलीले स्थलगत अवलोकन गरेको छ ।