काठमाडौं । चलचित्र ‘गरुड पुराण’ आजबाट प्रदर्शनमा आएको छ । सुवास कोईरालाले निर्देशन गरेको चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरुको परिवारले गरेको संघर्षको कथा उठाइएको छ ।
‘माघ महिना विवाहको बेला भएको र यो फिल्म बाजा बजाउनेहरुको कथा आधारित रहेकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर रिलिज गरिएको हो । “चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं,” निर्देशक सुवास कोइरालाले भने ।
चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन् । कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ । प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यू गरेकी छिन् ।
अजित प्रजापति र अशोक गौतमले निर्माण चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । सम्बाद आकाशले लेखेका हुन् ।