मौरीबाट तरकारीको गुण्स्तरता बृद्धि


मौरीबाट तरकारीको गुण्स्तरता बृद्धि

नेपालगन्ज : राधाकृष्ण तरकारी संकलन केन्द्रका अध्यक्ष गोपीप्रसाद यादवले तरकारीको उत्पादन र गुणस्तरता बढाउन माहुरी पालन समेत गरेका छन् ।  बारीमा लगाएको सागसब्जी, तरकारीको गुणस्तरता र यसको उत्पादन बढाउन ३ घार मौरी समेत पालन गरेको यादवले बताए ।
मौरीले तरकारीको परागसेचन गर्दछ । तरकारीको फूलमा माहुरीले पराग सेचनका क्रममा तरकारीको गुणस्तरता र उत्पादनमा समेत प्रत्येक्ष सहयोग गरिरहेकोछ ।


किसानका लागि यो विल्कुल नयाँ पद्धती हो । यादवले भने–‘परागसेचनकै क्रममा मौरीले यहाँ लगाइएको तरकारीबालीको उत्पादन र गुणस्तरता बृद्धि गर्न ठूलो भूमिका खेलिरहेको छ । पहिले–पहिले मैले पनि विषादीको प्रयोग गरि तरकारी उत्पादन गर्दथे तर यसको बारेमा थाहा थिएन । माहुरी पालनबाट दोहोरो फाईदा भएको बताए। ’ एक त माहुरीबाट हामी मह पाउँछौ अर्को खेतबारीमा लगाएको तरकारीको उत्पादन र गुणस्तरतामा यसले सहयोग गरिरहेकोछ उनले भने ‘अहिले मैले सवैलाई यो तरिका सिकाइरहेकोछु ।’ रसायनिक मल प्रयोग नगर्न सुझाव पनि दिइरहेको छु उनी थप्छन ‘आफूले पनि विषादीरहित उत्पादन गर्दा उत्पादन पनि बढेको छ, माटोको उर्वरशक्तिमा केही भएको छैन ।


विषादीयुक्त खाद्यान्न उपभोग गर्नु स्वास्थ्यका दृष्टिकोणले अत्यन्त हानिकारक हुन्छ । रसायनिक मल प्रयोग गर्दा उत्पादनमा बृद्धि त हुन्छ तर त्यसखाले उत्पादनले मानव शरीरलाई असर पार्नुका साथै माटोको उत्पादन शक्ति (उर्वर शक्ति)मा ह्रास आउँछ । विषादीयुक्त मललाई निरुत्साहित गर्न केन्द्रमै जैविक मल उत्पादन गरिदैछ । अध्यक्ष यादवले उत्पादन गर्दै आएको जमिनमा जैविक मलको प्रयोग भइरहेकोछ । उनी जैविक मल आफै उत्पादन गर्न सक्छन् । आफूले जानेको सीपलाई अन्य किसानलाई पनि सिकाइरहेका छन् । यसअघि सामान्यरुपमा जैविक मल उत्पादन गरिरहेका उनले राधाकृष्ण तरकारी संकलन केन्द्र पछाडी रहेको आधा कठ्ठा जमिनमा जैविक मल उत्पादनका लागि तयारी गरिरहेका छन् । खेर गएको तरकारी तथा गाईभैसीको गोवर प्रयोग गरि जैविक मल उत्पादन गर्ने उनले बताए । यसरी आफैले तयार पारेको जैविक मल तीन दिनमा तयार हुने र त्यसलाई सहजै खेतबारीमा प्रयोग गर्ने उनले बताए ।


विश्वबाट मौरी लोप भयो भने त्यसको चार वर्षमा मानवमात्रको अस्तित्व समाप्त हुन्छ । यो उद्गार प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हो भन्ने धेरैको विश्वास छ । आइन्स्टाइन स्वयंले त्यसो भनेका थिए वा थिएनन् भन्ने विवाद आफ्नो ठाउँमा छ, तर मौरीविनाको विश्व सम्भव हुँदैन भन्ने कुरा निर्विवाद छ । आज पनि वैज्ञानिकहरू भन्छन्–‘हामीले खाने प्रत्येक तीन गाँसमध्ये एक गाँस त मौरीकै कारण उपलब्ध हुने हो ।

Kanti Aarogya Hospital Nepalgunj

पराागसेचन सेवा
अन्न, फलफूल, सागपात, दलहन, तेलहन आदि कृषि उपजमा परागसेचनको अहं भूमिका रहन्छ । परागसेचन सेवामा मौरीलाई अरूले जित्न सक्दैन । हाम्रोमा अध्ययन–अनुसन्धानको कमी छ, तथ्यांकहरू उपलब्ध छैनन् । वातावरण प्रदूषण एवं अधिक विषादि प्रयोगले गर्दा प्रकृतिमा
कीरा फट्यांग्रा, मौरी, पुतली आदि परागसेचनमा सेवा पु¥याउने प्राणीहरूको कमी भइरहेको छ । व्यावसायिक खेती गर्नेहरू पाल्तु मौरीका घारहरू खेतबारी वरपर ल्याएर मौरी चराउँछन् । त्यसबाट राम्रो बाली र पर्याप्त मह उत्पादन हुन्छ । मौरीलाई माया, स्नेह र सम्मान गरेमा मरुभूमिमा फुल्न सक्छ । मौरीको अपहेलना भयो भने उर्वरभूमि र फूलबारी पनि मरुभूमिमा परिणत हुन्छ । प्रकृतिको नियम यस्तै छ । मौरी नरहे तोरी मात्र होइन वनमा गुराँस पनि फुल्दैन ।


जोखिममा माहुरी र मानिस
हाम्रो कृषि बालीको प्रसंगमा मौरीको गुण गाएर साध्य छैन । किसानमा रसायनिक मलको प्रयोग गर्नुपर्छ भन्ने मान्यता जवसम्म
हराउदैन तवसम्म मौरी जोखिममा रहन्छन् । मौरी जोखिममा रहनु भनेको मानव सभ्यता पनि जोखिममा पर्नु हो । परागसेचनको मुख्य कुचीकार नै माहुरी भएकाले यस विषयमा समयमै सवैले ध्यायन दिनसक्नुपर्छ। परागसेचनको काम हावा, पानी र प्राणीहरूले सम्पन्न गरिदिनुपर्छ । मौरीको सेवामा भरपर्ने अन्न, फलफूल, साग, तरकारी, तेलहनको तथ्यांक लामो हुन्छ । तोरी, रायो, मूला, गोलभेंडा, भान्टा, फर्सी, क्राँक्रो, काउली, ब्रोकाउली, बोडी, केराउ, सिमी आदिको त कुरै छाडौं, लेकमा फल्ने फापर समेत मौरीका सेवाग्राही वनस्पति हुन् । किसान र किसानीको सर्वश्रेष्ठ मित्रको नाम नै मौरी हो । फलफूल र वागवानीको संसारमा मौरीको भूमिका अझ् व्यापक देखिन्छ । नास्पाती, स्याउ, सुन्तला, कागती, ज्यामिर, भोगटे, आरु, आरुबखडा, बदाम, अम्बा लगायत हालसालै नेपाल भित्रिएका स्ट्रबरी, किवी र एभोकाडोलाई समेत परागसेचन गर्न मौरीहरू नभई हुँदैन ।


किर्तीमानी माहुरीको जानकारी
विश्वमा धेरै प्रकारका मौरी पाइन्छन् । जसमध्ये मह बनाउने मौरी भने विश्वमा मात्र ७ प्रजातिका छन् । तीमध्ये ४ प्रजाति नेपालमै पाइन्छन् । यस अर्थमा विश्व मौरी वैभवको ७१ प्रतिशत प्रजाति नेपाल भित्रै मौजूद छन् ।
‘एपिस लेवोरिओसा’ जातको भीरमौरी । मह पार्ने मौरीमध्ये सबभन्दा ठूलो ज्यान (३ सेन्टिमिटर लामो) को र सबभन्दा उच्च भूभाग (४१०० मिटर) मा विचरण गर्ने कीर्तिमानी मौरीलाई हामी भीरमौरी भन्दछौं । यो हिमाली मौरीको वैज्ञानिक नाम ‘एपिस लेवोरिओसा’ हो । यसले २५०० देखि ३००० मिटरसम्मका बाँदर पनि चढ्न नसक्ने भीरमा बडो कलात्मक ढंगले चाका बनाएर आफूलाई मान्छे बाहेक सबै प्राणीबाट सुरक्षित राख्छ । विश्वको सबभन्दा सानो कीर्तिमानी माहुरी पनि हाम्रै जीव सम्पदाभित्रको अनुपम प्राणी हो, जसलाई हामी कठ्यौरी भन्दछौ । झिंगा भन्दा सानो ज्यानको कठ्यौरीले झयाक्रामा मह पार्दछ । मौरी प्रजातिको प्राकृतिक विकासको ईतिहासमा यो कठ्यौरी सबभन्दा जेठो (प्रिमिटिभ) मौरी हो । १६०० मिटर भन्दा माथिका भूभागमा नपाइने यसको सेवा चुरे र मधेशका वनस्पतिलाई प्राप्त छ ।


मौरीपालनको विकास क्रममा व्यावसायिक महखेती गर्न मौरी पाल्ने चलन व्यापक भइसकेको छ । यिनलाई वागवानी तथा अरू बालीनालीमा घार घुमाएर चराइन्छ। त्यसबाट बाली र मह दुवैको गुणस्तरता, उत्पादनको मात्रामा बृद्धि हुन्छ । यकातिर मौरीको मह पाइने अर्को तिर जैविक खेतीलाई पृष्ठपोषण हुने हुदाँ दोहोरो फाईदा लिन सकिन्छ ।