तरूण दल भर्सेस् बाँके प्रहरी

अडियो क्लिप: तत्कालिन डिएसपी रमेश सिंह ‘कनेक्शन’


तरूण दल भर्सेस् बाँके प्रहरी

नेपालगन्ज: यतिबेला बाँकेमा तरूण दल र प्रहरीबीचको लफडा चर्चामा छ । बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीको निर्देशनमा कोहलपुरका डिएसपी हेमबहादुर शाहीले बाँकेस्थित तरूण दलका केही नगरस्तरीय नेता मानिने ठेकेदार र कार्यकर्तालाई हतियारसहित पक्राउ ग¥यो ।

नेपालगन्ज नगर सभापतिका रूपमा जिम्मेवारी पाएका ठेकेदार सन्दीपजङ्ग शाहसहितका ६ जनालाई कोहलपुर प्रहरीले गनापुरबाट अमेरिकन पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउलगत्तै सभापति शाहसहित ६ जनालाई नै कोहलपुर प्रहरीले अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्यो ।

पक्राउ गरेको चार दिनपछि बाँके प्रहरीले पक्राउ परेकामध्ये दुईजनालाई तारेखमा रिहा ग¥यो । सभापति समेत रहेका ठेकेदार शाह लगायत अन्य चारजनालाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धानका लागि हिरासतमै राखिएको छ ।

जब तरूण दलका नगर सभापतिसहतिका व्यक्तिहरू प्रहरी नियन्त्रणमा परे । केही दिनपछि तरूण दलकै कोषाध्यक्ष बताउँने कोहलपुरका केशर खड्काले एउटा अडियो क्लिप सार्वजनिक गरे । यसले कतिपय अनलाईन सञ्चारमाध्यलाई केही घण्टाका लागि गतिलो खुराक बनायो ।

Kids Festival 2022
kanti aarogya hospital

तर, अडियो सार्वजनिक भएको तीन दिनमै उक्त अडियोको ‘कनेक्शन’ कोहलपुरका तत्कालिन डिएसपी रमेशबहादुर सिंहसँग जोडिएको खुलेको छ । तरूण कोषाध्यक्ष भनिने खड्काले अहिलेका डिएसपी हेमबहादुर शाहीसँगको कुराकानी भएको र डिएसपी शाहीले दशैंतिहारका लागि खसी मागेको भनिएको अडियो डिएसपी शाहीसँगको नभई तत्कालिन डिएसपी सिंहसँगको भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

खड्का र तत्कालिन डिएसपी सिंहको गतिलै अन्तरसम्बन्ध रहेको र डिएसपी रमेश सिंह र खड्काबीच पटक/पटक भेटघाट तथा टेलिफोन वार्ताका साथै खसीबोका मात्रै नभई आर्थिक लेनदेनको कारोबार समेत हुने गरेको प्रहरी स्रोत बताउँछ । कोहलपुरमा डिएसपी रमेश सिंह हुँदा तरूण दलका कोषाध्यक्ष भनिएका खड्काले डिएसपीको संरक्षणमै असुलीधन्दा समेत गर्दै आएको कोहलपुर प्रहरी बताउँछ ।

अहिलेका डिएसपी शाहीले पनि सभापति शाहसहितका व्यक्ति पक्राउ परेपछि आफ्नो र सिगो प्रहरी संगठनको बदनाम गर्न आफ्नै सहकर्मी र समकक्षी प्रहरी अधिकारी समेत लागी परेको सेतोखरीसँग बताएका थिए । उनले यसो बताएको ४८ घण्टा नपुग्दै खुलेको तत्कालिन डिएसपी सिंह र कोषाध्यक्ष खड्काबीचको कनेक्शनले पनि उक्त अडियो अहिलेका डिएसपी शाहीसँगको वार्तालाप नभएको पुष्टि गरेको छ ।

बाँके प्रहरी प्रवक्ता समेत रहेका अर्का डिएसपी शिवबहादुर सिंहले उक्त अडियो सभापति शाह पक्राउपछि मात्र सार्वजनिक भएकोले यसको छानबीन नहुने बताएका छन् । उनकाअनुसार यो अडियो पुरानो अरू कसैसँगको वार्तालाप हो तरूण सभापति पक्राउ परेपछि प्रहरीको बदनाम गर्न काँग्रेसको आडमा केशर खड्काले नियतबश हेमबहादुर शाहीलाई आरोप लगाउँदै अडियो सार्वजनिक गरेका हुन् ।

उनले भने ‘उक्त अडियोमा सत्यता देखिदैन् ।’ गतल अडियो सार्वजनिक गरी आम नागरिकलाई भ्रममा पार्ने कोषाध्यक्ष खड्कामाथि पनि निगरानी बढाइएको बताउँदै प्रवक्ता डिएसपी सिंहले उनीमाथि पनि छानबीन हुने जानकारी दिए ।

तत्कालिन डिएसपी रमेशबहादुरले केशर खड्का लगाएका व्यक्तिहरूको सहयोगमा त्यतिबेला कोहलपुर क्षेत्रका आम नागरिकलाई तनाव दिदै आएको स्थानीय बताउँछन् ।

डन पारामा गाउँबस्तीमा पस्ने तत्कालिन डिएसपीले गोरू तस्करदेखि क्रसर ठेकेदार, व्यवसायीबाट समेत गतिलै रकम असुली गरेको तत्कालिन अवस्थामा आरोप लाग्दै आएको थियो । उनै डिएसपी सिंह र खड्काबीचको कनेक्शनमा उक्त अडियो वार्तालाप भएको र अहिले प्रहरीसँग व्यक्तिगत रिसिविईका कारण उक्त अडियो सार्वजनिक गरिएको बुझिएको छ । पेस्तोल बरामद र अडियोको कुनै कनेक्सन नभएको प्रहरी बताउँछ ।
हतियारको आडमा बाँकेमा ठेक्का डिल गर्ने र जर्बरजस्ती ठेक्का आफनो कब्जामा पार्ने गिरोहको सक्रियता देखिएको छ । यस्ता गतिविधीमा काँग्रेस निकट तरूण दलका नेपालगन्ज नगर सभापतिदेखि हत्या आरोपमा जेल भुक्तान काटेर आएका व्यक्तिहरू संलग्न रहेको बाँके प्रहरी बताउँछ ।

प्रवक्ता सिंहले भने सवै कुरा सीसि टिभी फुटेजले स्पष्ट पारि सकेको छ । उनका अनुसार प्रहरी घटना स्थलमा पुगेको ५ मिनेटमै लक गरिएको कार सभापति शाहले नै अनलक गरेपछि डिएसपी शाही नेतृत्वको प्रहरीले सवैका अगाडी आफ्नो काम अगाडी बढाएको थियो ।

ठेकेदार सन्दिपसँगै पक्राउ परेकामध्ये यमबहादुर बुढा, प्रितम थापा र माधव नेपाली साविक नेपालगन्ज वडा नम्बर ८ निवासी चेतन मानन्धरको हत्यामा संलग्न व्यक्ति भएको प्रहरीले बताएको छ । डिएसपी सिंहकाअनुसार मानन्धर हत्या अभियोगमा जिल्ला अदालत बाँकेले ३/३ वर्षको जेल सजाय भुक्तान गरेर रिहा भएका ब्यक्तिसँग सन्दीपजंगको उठबस देखिएको छ ।