केसीसँगको सम्झौता किन तोडियो ?


केसीसँगको सम्झौता किन तोडियो ?

काठमाडौं : चिकित्सा शिक्षाको बेथिति अन्त्य गर्ने डा. गोविन्द केसीको सत्याग्रह अभियान अब मुख्यगरी एउटा बुँदामा आएर अड्किएको छ।संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयकमा ‘एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने’ उल्लेख छ। यो प्रावधान केसीसँगको सम्झौताअनुरुप राखिएको हो। यही बुँदा ‘आसयपत्र लिइसकेका काठमाडौंबाहिरका मेडिकल कलेजका हकमा लागू नहुने’ प्रावधान थपेर सम्झौता तोडिएको छ।