एन्फाले चार फुटबलरलाई राष्ट्रिय टिमबाटै हटायो


एन्फाले चार फुटबलरलाई राष्ट्रिय टिमबाटै हटायो

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमबाटै चारजना फुटबलर हटाएको छ ।

एन्फाले फुटबलर बिमल घर्ती मगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ सहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको हो ।
विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्न भुटान जानु अघि चारै जना शुक्रबार राति ठमेलको नाइट क्लबमा भेटिएको भन्दै उनीहरुलाई कारबाही स्वरुप राष्ट्रिय टिमबाट एन्फाले हटाएको जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाहीबारे एन्फाको आगामी बैठकले निर्णय लिने एन्फाका प्रवक्ता किरण राईले बताए ।