लागुऔषध नियन्त्रणमा बर्दिया प्रहरीलाई ठूलो सफलता

५८ किलो चरेससहित ५ जना प्रहरी नियन्त्रणमा


लागुऔषध नियन्त्रणमा बर्दिया प्रहरीलाई ठूलो सफलता

नेपालगन्ज: लागुऔषध नियन्त्रणमा सक्रिय रहेको बर्दिया प्रहरीलाई ठूलो सफलता मिलेकोछ । लागुऔषध ओसारपसारमा आक्रमकरुपमा अघि बढेको बर्दिया प्रहरीले अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध सहित पाँच जनालाई नियन्त्रणमा लिएकोछ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष सूराकीको आधारमा गयराती ५८ केजी चरेससहित पाँचजनालाई नियन्त्रणमा लिएको जनाएकोछ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटेको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर–८, स्थित भन्सार रोडबाट ५८ किलो लागूऔषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिए जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले सेतोखरीलाई जानकारी दिए ।

गुलरिया नगरपालिका–८, मा पर्ने भन्सार रोडबाट उनीहरूले बोकेको झोला खानतलासी गर्दा ५८ किलो चरेस, ३२ हजार पाँचसय नगद र पाँच थान मोबाईल प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी रुकुम पुठा उत्तरगंगा गाँपालिकाका २६ वर्षिय अस्मिाता रामजाली, पूर्वी रुकुमकै ३४ वर्षिय राजकुमार पुन, पूर्वी रुकुम भूमी गाँउपालिकाकी २७ वर्षिय जुनतारा पुन, ३४ वर्षी सुनथामी बुढामगर र दोईखोली गाँउपालिका–८, पासावाङ्गका खिमप्रसाद रोकामगरलाई प्रहीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

दाङ र पूर्वी रुकुमका ५ जनालाई प्रहरीले नियन्त्रण लिएको हो । पक्राउ पर्नेमा ३ जना महिला र २ जना पुरुष रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओली बताउँछन् ।

प्रहरी निरीक्षक ओलीले सेतोखरीलाई भने–‘लागुऔषध नियन्त्रणको ईतिहासमा अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध बरामद गरिएको हो । यो हाम्रा लागि ठूलो उपलब्धी भएकोछ ।’

पक्राउ पर्नेहरुसवै लामो समयदेखि लागुऔषध ओसारपसारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोछ । दाङबाट लागुऔषध चरेस ल्याएको बुझिएको भएपनि कहाँबाट ल्याइएको हो र काहाँ लगिन लागेको थियो त्यो अनुसन्धानबाट खुल्छ । प्रहरी निरीक्षक ओलीले भने ।

पक्राउ परेका सवैजना पटके तस्कर भएको खुल्न आएकोछ, यीनीहरुले लामोसमयदेखि लागुऔषध ओसारपसार गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउदै ओलीले भने –‘पक्राउ परेका तस्करका कसैको श्रीमान त कसैको श्रीमती लागुऔष कारोबार केसमा यसअघि नै प्रहरी हिरासतमा रहेको समेत पाइएकोछ ।’

छिल्ला समय जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्लामा हुने लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रण तथा न्यूनिकरणका लागि विशेष निगरानी बढाएकोछ ।

प्रहरीको सक्रियता र निगरानीले धमाधम लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न ब्यक्तिहरु पक्रिदै आएकाछन् ।