डुडुवा दोस्रो खुल्ला मैत्रीपुर्ण फुटबलको उपाधी मानविय क्लबलाई


डुडुवा दोस्रो खुल्ला मैत्रीपुर्ण फुटबलको उपाधी मानविय क्लबलाई

नेपालगन्ज : बाँकेको डुडुवामा जारी दोस्रो खुल्ला मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी मानवीय युवा क्लब नेपालगन्जले हात पारेको छ ।

डुडुवा गाउँपालिकाको सहयोगमा नव दुर्गा युवा क्लब कम्दीले डुडुवा–५, स्थित छग्रहवा खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा आरसिपीबी प्रदेश नम्बर–६, लाई शून्यका विरुद्ध १ गोलमा मानवीय युवा क्लबले उपाधी हात पारेको हो ।

उपाधीसंगै मानवीय क्लबले ७० हजार नगद पुरस्कार र ट्रफि पाएको छ । दोस्रो स्थानमा आएको आरसिपीबी प्रदेश नम्बर–६, ले ४५ हजार नगद पुरस्कारसहित ट्रफि हात पारेको छ ।

प्रतियोगितामा प्रदेश नम्बर ५ र ६ का विभिन्न जिल्लाका ९ वटा समुहले सहभागिता लिएका थिए । गत कार्तिक २३ गतेदेखि शुरु भएको प्रतियागिताको फाईनल खेल आईतबार भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतियोगिताका विजयी समुहलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकास्तरमा खेलकुदको विकासका लागि योजना र बजेटको विनियोजन गरि अघि बढेको बताउँदै उनलले डुडुवा गाँउपालिका वडा नम्बर–५, स्थित छग्रहवा खेलमैदानलाई व्यवस्थित गर्ने योजनाअनुरुप कार्य भईरहेको बताए । उनले आगामी वर्ष गाउँपालिकास्तरीय खेलमैदान बन्ने बताए ।

अध्यक्ष चौधरीले खेलकुदले स्वास्थ्य र विकास निमार्णका कार्यलाई समेत सहयोग पु¥याउने बताउँदै लागुऔषध तथा दुव्र्यसनीमा नफसि खेलप्रति युवाको आकषर्ण बढनुपर्नेमा जोड दिए ।

प्रतियोगिताको समापन कार्यक्रममा वडाध्यक्ष प्रशुराम बुढाथोकी, कार्यपालिका सदस्य रिता परियार, कमला शाही, वडासदस्य झुठुवा थारु, नेपाली काँग्रेसका हरि रेउले, नेकपाका प्रेमा शाही, स्थानीय युवा बेलबहादुर बोहरा लगायतले शुभकामना दिदै खेलकुद विकासका लागि थप योजना बनाई अघि बढ्नुपर्नेमा जोड दिए ।

यसैबीच प्रतियोगिताको समापन समारोहमा गाँउपालिकाभित्र शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा विशेष योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको आयोजक नव दुर्गा युवा क्लबका अध्यक्ष निर्मल चन्दले जानकारी दिए ।