नेपालगन्ज : नेपालगन्ज म्याराथनको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएकोछ । क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत म्याराथनको सम्पूर्ण तयारी भइसकेको जनाएकोछ ।
आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीले पत्रकार सम्मेलनमा भने–‘म्याथनको तयारी भइसकेकोछ, अघिल्ला संस्करणको तुलनामा यसपटक सहभागिको संख्या बढेको छ ।’
ठकुरीले शनिबार विहान हुन लागेको पाचौँ संस्करणको नेपालगन्ज म्याराथनमा २ हजार ७ सय भन्दा बढीको सहभागि हुने बताए । नेपाल सरकार र तत्कालिन मओवादीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगन्ज म्याराथन गरिदै आएकोछ ।
आयोजकका अनुसार म्याराथनमा प्रथम हुनेलाई ६५ हजार, दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
यस्तै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ । नेपालगन्जको वीपीचोकबाट शुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः वीपीचोकमा आएर म्याराथन पूरा हुनेछ ।
म्याराथनमा राष्ट्रियस्तरका धावकहरुले प्रतिस्पर्धा गर्ने आयोजक क्रियटिभ ह्याण्डस्का अध्यष ठकुरी बताउँछन् । नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् ।
क्रिएटिभ ह्याण्डसको आयोजना तथा नेपालगन्ज उप महानगरपालिकाको सह आयोजना, मुख्य प्रायोजक धारा शुद्ध तोरिको तेल, सहप्रायोजक इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएका छन् । त्यस्तै निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टर डाग्नोस्टिक पार्टरका रुपमा रहेको छ ।