विश्वबजारमा पुर्नबीमाको अवस्था, अवसर र चुनौती


विश्वबजारमा पुर्नबीमाको अवस्था, अवसर र चुनौती

नेपाल सरकारको ४४ प्रतिशत शेयर रहि ५ वर्ष अगाडी स्थापना भएको नेपालको एउटै मात्र नेपाल पुर्नबीमा कम्पनीको २ अर्ब चुक्ता पुँजि थियो भने अहिले ८ अर्ब ४० करोडको चुक्ता पूँजी पु¥याइसकेको छ ।

यो कम्पनी अर्थ मन्त्रालय र बीमा समितीबाट निर्देशित छ । फ्याकल्टेटिभ र ट्रीटी पुर्नबीमा पनि गरि छोटो समय मै अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको कम्पनीले चाडँै नै भारतको विभिन्न स्थानमा शाखा खोल्न सञ्चालक समितीबाट अनुमती पाइसकेको छ । भने अन्तर्राष्ट्रिय बजारबाट थप ब्यवसाय लिन नयाँ–नयाँ ठाउँ खोज्ने क्रममा कम जोखिम भएको मुलुकका कम्पनीसंग पुर्नबीमा गर्ने नीति ल्यएको छ । भने, अर्कोतिर विश्वमा नाम चलेका ए रेटेड पुर्नबीमा कम्पनीसंग मात्र पुनर्बिमा गर्ने नीति लिदै आफुलाइ शुरक्षित राख्न सफल हुँदै दक्षिण एसियामा दोश्रो स्थान पाएको छ ।

नेपालमा ७ ओटा जीवन बीमाको शतप्रतिशत र अन्य जीवन बीमाको २० प्रतिशत बराबरको पुर्नबीमा गरेको कम्पनीले निर्जिवन बीमा कम्पनीको समेत ३ देखि १२.५ प्रतिशतको अनुपातमा पुर्नबीमा गर्दै आइरहेको छ । भने बीमा शुल्कको करिब १० प्रतिशत रकम रेट्रोसेशन मार्फत बाहिर गाको देखिन्छ ।

२०७५/७६ मा रु ७ अर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेको कम्पनीले आउँदो आर्थिक वर्ष ७६/७७ मा रु १० अर्ब भन्दा माथी बीमा शुल्क संकलन गर्ने लक्ष्य लिएको छ । भने कम्पनीले यसै आर्थिक वर्ष भित्र १ अर्ब ६० करोड बराबरको आइपिओ जारी गर्ने तयारिमा छ ।

Kanti Aarogya Hospital Nepalgunj

कम्पनीले हालसम्म विश्वका ३२ ओटा मुलुकमा आफ्नो सेवा बिस्तार गरेको छ । जसको कारण दक्षिण एशियामै नेपाल पुर्नबीमा कम्पनी दोश्रो स्थानमा छ । भने पहिलो नम्बरमा भारतको जनरल इन्स्योरेन्स कर्पोरेसन अफ ईन्डिया पर्दछ ।

विश्व बजारमा नेपाल पुर्नबीमा कम्पनीका लागी अवसर

–यसै रफ्तारमा जाने हो, भने अबको ५ वर्षमा कम्पनीले वार्षीक ४० अर्ब भन्दामाथी बीमा शुल्क संकलन गर्न सक्ने क्षमता कम्पनीको रहेको प्रमुख कर्यकारी अधिकृत दामोदर भण्डारीको अनुमान छ ।
–सेवा बिस्तारका क्रममा कम्पनीको उपस्थिति युरोपेली तथा जापान क्यानेडा, अमेरिकाजस्ता मुलुकमा हुन सक्ने देखिन्छ ।
–बिदेशका बीमा कम्पनीहरु समेत सन्तुष्ट रहेनुले नेपाल पुर्नबीमा कम्पनीको थप माग विश्व बजारमा निश्चित छ ।
–हवाई बीमाको पुर्नबीमा गरने नीति पास गरि देश भित्रको रकम नेपालमै रख्ने अवसर ।
–नेपाल भित्रकै सम्पूर्ण जीवन बीमा कम्पनीलाई शतप्रतिशत अनुपातमा समेट्नु ।

चुनौती

–पुर्नबीमा सम्बन्धी पर्याप्त कानून नहुनु साथै बीमा सम्बन्धि पेश गरिएको नयाँ कानून संसदमा बिचाराधिन हुनु ।
–विश्वका ए रेटेड कम्पनीसंग सहर्काय गरेता पनि आफै रेटिङमा नगई सकेको अवस्थामा कम्पानीलाई पनि सोही ग्रेडको रटिङ प्राप्त गराउनु मुख्य चुनौती देखिन्छ ।
–अहिलेसम्म आइपिओमा जान नसक्नु
–अन्तर्राष्ट्रिय स्तरको पुर्बाधार, टेक्नोलोजी सफ्टवेयर स्थापना गर्न नसक्नु ।
–प्राविधिकहरू, बजार विश्लेषक तथा दूरदर्शी ब्यवस्थापक लगायत आवश्यक दक्ष जनशक्तिको अभाव ।
–कम्पनीलाई तत्काल दाबी भुक्तानी दिन सक्ने अवस्थामा पुर्याउन नसक्नु साथै आवश्यक जोखिम विश्लेषकको अभाव हुनु ।
–फ्याकल्टेटिभ पुर्नबीमाको अन्तर्राष्ट्रिय बजारबाट अत्याधिक माग हुँदा समेत सुचारु हुन नसक्नु ।
–विभिन्न अभावका बाबजुद पनि ब्यबसायको बृद्धि दर बढाउनु ।