स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता
नेपालगन्ज : स्वर्गीय लोकबहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा नेपालगन्ज क्याम्पस र होलिल्याण्ड उच्च माध्यमिक विद्यालय नेपालगन्ज विजयी भएका छन् ।
नेपालगन्ज क्याम्पसले कोहलपुर क्रिकेट एकेडेमी बि टिमलाई ८ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको कोहलपुर एकेडेमीले १६ ओभरमा अल आउट हुँदै ६५ रन बनाएको थियो ।
उसका लागि अरमान मल्लिकले १४ रन बनाउनु बाहेक अन्यले दोहोर अंक समेत छुन सकेनन् । नेपालगन्ज क्याम्पसका बलर अफजल खान र सुनील भण्डारीले २–२ विकेट लिए ।
जवाफी व्याटिङका लागि मैदानमा उत्रेको नेपालगन्ज कलेजलेले ७.५ ओभरमा २ बिकेट गुमाउँदै विजयी लक्ष्य भेटाएको हो । उसका लागि सुनील भण्डारीले २९ रन जोडे । कोहलपुरका बलर युवराज शर्माले १ विकेट लिए । खेलमा नेपालगन्ज क्याम्पसका सुनील भण्डारी म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा होलिल्याण्डले कोहलपुर क्रिकेट एकेडेमी ए टिमलाई २४ रनले पराजित गरेको छ । खेलमा पहिला व्याटिङ गरेको होलिल्याडले २० ओभरमा ४ बिकेट गुमाउँदै १ सय २९ रन बनाएको थियोे ।
उसका लागि अनुपम सिंहले ६७, प्रनित थापाले १९ र सम्सुद्दिन अन्सारीले १३ रन जोडे । कोहलपुरका बलर रोशन शाहले १ विकेट लिए ।
कोहलपुर क्रिकेट एकेडेमी ए टिमले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ५ रन मात्र बानाउन सक्यो । होलिल्याण्डका बलर सुनील सुनारले २, नासिर अन्सारीले १ विकेट लिए ।
प्रतियोगिता १२ गतेसम्म कोहलपुर क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता लिग कम नक आउटका आधारमा खेल भइरहेको प्रतियोगिताको संयोजक सरोवर प्रसाईले बताए ।
बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा प्रायोजन गरेका हुन् । तियोगितामा होलिल्याण्ड उच्च मावि, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैयाँ पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा बताउछन् ।