स्व. लोकबहादुर थापामगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता
नेपालगन्ज : बाँकेको कोहलपुरमा जारी स्वर्गीय लोकबहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितमा बुधबार भएको खेलमा नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगन्ज सेमिफाइनल प्रवेश गरेको छ ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा टाइगरले कोहलपुर क्रिकेट एकेडेमी बि टिमलाई १ सय १९ रनले पराजित गरेको छ । खेलमा टस जितेर पहिला व्याटिङ गरेको टाइगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।
उसका लागि अमरसिंह रौटेला ३७ बलमा ४ चौका ५ छक्काको मद्दतले ६८ रन बनाए भने शिद्धान्तराज शाहीले ४१ र अजय सहानीले १८ रन जोडे । कोहलपुरका बलर समीर शाहले १ विकेट लिए ।
जवाफी व्याटिगका लागि खेलमैदानमा उत्रेको कोहलपुर क्रिकेट एकेडेमीले २० ओभरमा ७ बिकेट गुमाएर मात्र ७२ रन जोड्न सक्यो । उसका लागि असमित शाही १६, सिदार्थ सेन्चुरीले १० रन जोड्नु वाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
टाइगरका बलर अजय सहानि र सिद्धान्तराज शाहीले २–२ विकेट लिए । खेलमा टाइगरका अमर म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा बुधबार दुबै सेमिफाइनलको खेल हुनेछ ।
पहिलो खेलमा होलिल्याड माबि र नेपालगन्ज क्याम्पस तथा दोस्रो खेलमा नेपाल टाइगर र कोहलपुर क्रिकेट एकेडेमी ए टिम बिच खेल हुने प्रतियोगिता संयोजक सरोबर प्रसाइले बताए ।
बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा प्रायोजन गरेका हुन् । प्रतियोगितामा होलिल्याण्ड उच्च मावि, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैयाँ पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा बताउछन् ।
प्रतियोगितामा होलिल्यान्ड उमावि, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले भाग लिएका छन् ।