स्व. लोकबहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता
नेपालगन्ज : बाँकेको कोहलपुरमा जारी स्वर्गीय लोकबहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितमा नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगन्ज र होलिल्याण्ड माबि फाइनलमा प्रवेश गरेको छन् ।
होलिल्याडले नेपालगन्ज क्याम्पसलाई १३ रन र टाइगरले कोहलपुर क्रिकेट एकेडेमी ए टिम १५ रनले लाई पराजित गरेको हो । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुर भएको पहिलो खेलमा होलिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । उसका लागि अनुपम सिंहले ५९ बलमा ५ चौका र ३ छ्क्का को मदद्तले ७१ रन जोडे भने युबराज शर्माले १६ रन बनाए ।
खेलमा नेपालगन्ज क्याम्पसका बलर प्रतिक गिरिले २ विकेट लिए । जवाफी व्याटिगमा आएको नेपालगन्ज कलेजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ रन मात्र जोड्न सक्यो ।
उसका लागि सुनील भण्डारीले ४३ र प्रतीक गिरिले १३ रन जोडे । होलिल्याण्डका बलर सुनील सुनारले ३ र साहिद अन्सारी र नासिर अन्सारीले २–२ विकेट लिए । खेलमा अनुपम सिंह म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको दोस्रो खेलमा टाइगरले कोहलपुर क्रिकेट एकेडेमी ए टिमलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको टाइगरले २० ओभरमा ७ गुमाउँदै १ सय १५ रन बनाएको थियो ।
उसका लागि सदाम खानले ३४, मनोज सुनारले १९, अजय सहनीले १४ रन जोडे । कोहलपुरका बलर मकबुल राई र सौगात राना भाटले २÷२ विकेट लिए ।
जबाफी व्याटिङमा आएको कोहलपुर क्रिकेट एकेडेमीले २० ओभरमा ५ बिकेट गुमाउदै ९५ रनमा समेटिएको थियो । उसका लागि भरत थापा ३७, रमेश सिंह २२ सुबेन्दु पाण्डेले १५ रन जोड्नु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । टाइगरका अमर सिंहले १ विकेट लिए । खेलमा टाइगरका खान म्यान अफ द म्याच घोषित भएको प्रतियोगिताका संयोजक सरोबर प्रसाइले बताए ।
बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा प्रायोजन गरेका हुन् । प्रतियोगितामा होलिल्याण्ड उच्च मावि, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैयाँ पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा बताउछन् ।
प्रतियोगितामा होलिल्याण्ड उमावि, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले भाग लिएका छन् । प्रदेश सांसद सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा बिहीबार ११ बजे फाइनल खेल हुनेछ ।