ज्यानमारा नरपानी: पाँच वर्षमा ८३ जनाको ज्यान गयो


ज्यानमारा नरपानी: पाँच वर्षमा ८३ जनाको ज्यान गयो

नेपालगन्ज: ठूलो जनधनको क्षति हुनेगरि भएको विभत्स दुर्घटनापछि यतिबेला अर्घाखाँची जिल्ला शोकमा डुवेकोछ ।सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानी कालाखोलामा बुधबार दिउँसो चारबजेतिर भएको उक्त दुर्घटनामा परि १९ जनाले ज्यान गुमाउदाँ यतिबेला अर्घखाँची शोकमा डुवेको हो ।

ठूलो जनधनको क्षति हुनेगरि भएको विभत्स दुर्घटनापछि अर्घाखाँची जिल्ला शोकमा छ । अर्घाखाँची उद्योग बाणिज्य संघका अनुसार बिहीवार एक दिन मृतकहरुको शोकमा सन्धिखर्क तथा चुत्रावेसी लगायतका जिल्लाका बजार बन्द गरियो ।

सडक खाली र सिधा भएपनि भौगोलिक रुपमा अत्यन्त अप्ठ्यारो रहेको नरपानी कालाखोलामा भएको विभत्स दुर्घटनामा १८ जनाको घटनास्थलमै र गाडी धनी सन्तोष बस्नेतको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरी श्रोतले जनायो ।

सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।
नरपानीमा बुधबार भएकोे दुर्घटना पछिल्लो ५ वर्ष यताको सबैभन्दा ठूलो र विभत्स रहेको प्रहरीले जनाएको छ । नरपानी क्षेत्रमा यसअघि थुप्रैले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो पाँच वर्षमा नरपानी क्षेत्रमा भएको दुर्घटनाबाट ६४ जनाले ज्यान गुमाईसकेकाछन् । भने ५३ बढी घाईते भएकाछन् । बुधबार भएको बस दुर्घटनामा परि मृत्यु हुने १९ जना र घाईते १३ जनालाई समेत जोड्दा हालसम्म ८३ जनाको मृत्यु र ६६ जना बढि घाईते भएको तथ्यांकले देखाउँछ ।

घटनास्थल नरपानी बजार नजिकै रहेपनि अत्यन्त भिर र अप्ठ्यारो रहेको कारण उद्दार कार्यका लागि असहज भएको थियो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले अबेर रातीसम्म उद्दार गरे । बस सडकबाट करिब ५ सय मिटर तल खस्यो ।

नरपानीमा भएको सडक दुर्घटनाको तथ्यांक भयावह बन्दै गएकोछ । खुल्ला, फराकिलो र सिधा सडक भएपनि भौगोलिक रुपमा अत्यन्त अप्ठ्यारो रहेको नरपानीले पछिल्ला दिनमा ठूलो धनजनको नोक्सान गर्दै आएकोछ ।

ठूलो र विभत्स दुर्घटना हुन थालेपछि यतिवेला सो क्षेत्रमा त्रासको वातावरण सिर्जना भएकोछ । कहालिलाग्दो दुर्घटनाको तथ्यांक र अनाहकमा ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि नरपानीलाई ‘ज्यानमारा नरपानी’को रुपमा लिइन थालेकोछ ।

गत २०७१ वैशाखदेखि २०७६ मंसिर ११ गतेसम्मको तथ्यांक हेर्दा सो क्षेत्रमा ठूलो विभत्स दुर्घटना भएका छन् । दुर्घटनाबाट जोगिएकाहरु नरपानी क्षेत्रमा पुनः यात्रा गर्नु त परैको कुरा नाम पनि सुन्न चाहादैनन् ।

यस्तो छ ज्यानमारा नरपानी दुर्घटनाको तथ्याकं
नरपानी दुर्घटना हाम्रा लागि नयाँ भएन । सो क्षेत्रमा विगत पाँच वर्षदेखि ठूलो विभत्स दुर्घटना हुदै आएकाछन् । जसका कारण अनाहकमा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएकोछ । साथै दुर्घटनामा परि अंगभंग हुनेको संख्या पनि उतिकै बृद्धि भइरहेकोछ ।

यसअघि सो क्षेत्रमा २०७१ साल वैशाख १७ गते बस र ट्रक ठक्कर खाँदा १९ जनाको मृत्यु भएको थियो । भने ४५ जना घाइते भएका थिए ।
यस्तै २०६९ साउन ७ मा नरपानीको दहखोलाको चिप्लो मोडमा बस दुर्घटना हुँदा १७ जनाको मृत्युको भएको थियो । त्यसको ठिक भोलीपल्ट २०६९ साउन ८ गते पुनः नरपानी दहखोलामा फोर्स जिप दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको प्रहरी तथ्यांकले देखाउँछ ।

यसैगरि नरपानी–५ जगतामा २०७० पुस १६ गते ट्याक्टर दुर्घटना हुँदा हरि बहादुर खड्काको मृत्यु भएको थियो । एक हप्ता वित्न नपाउँदै पुन
२०७० पुस २२ गते फुद्बांग बजार नजिकै बस दुर्घटना हुँदा ३ जनाको मृत्यु ज्यान गएको थियो ।

२०७२ साल फाल्गुन ३ गते नरपानी नजिक खाँचीकोटको बाघमारामा कार दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । सोही वर्ष फाल्गुन २२ गते पुनः नरपानीको रातामाटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने २०७४ कार्तिक ६ गते नरपानी मुनी ढाडखोला नजिकै जीप दुर्घटना हुँदा १ जनाको मृत्यु र ८ जना घाइते भएका थिए ।

ज्यानमारा नरपानीको नामबाट परिचित बन्दै गएको नरपानीमा दुर्घटनाको शिलसिला रोकिएन चलिरह्यो । २०७६ साल असोज २० गते नरपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने २०७६ कार्तिक २० गते नरपानीको दहखोलामा कार दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको थियो ।

कार दुर्घटना भएकोे एक महिना पुग्न नपाउँदै पुनः नरपानीमा पछिल्लो पाँच वर्षकै ठूलो विभत्स दुर्घटना भयो । प्राप्त जानकारी अनुसार हालसम्म दुर्घटना स्थलमै १८ जना एक जना उपचारका क्रममा गरि १९ जनाको मृत्यु भयो ।