नेपाल टाईगरले उपाधी चुम्यो

स्व. लोकबहादुर थापामगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता–२०७६


नेपाल टाईगरले उपाधी चुम्यो

कोहलपुर : कोहलपुरमा भएको स्वर्गीय लोकबहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको उपाधि नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगन्जले हात पारेको छ ।

प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा बिहिवार भएको फाइनल खेलमा टाइगरले होलिल्याण्ड माबि नेपालगन्जलाई ६ बिकेटले पराजित गर्दै उपाधीमा कव्जा जमाएको हो ।

योसगैं प्रतियोगिताको विजेता टोली टाइगरले नगद १ लाख १ सय र उपविजेता होलिल्याण्ड माविले ५१ हजार प्राप्त ग¥यो । खेलमा टस जितेर पहिला व्याटिग गरेको होलील्याण्ड २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन समेटिएको थियो । उसका लागि प्रनित थापाले २९, साहिद अन्सारीले २८ रन बनाए ।

टाइगरका बलर अमर सिंह रौटेलाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए भने निजामुदिन हलवाइले २ विकेट लिए । जबाफी व्याटिगमा टाइगरले १८ ओभरमा ४ बिकेटको नोक्सानीमा बिजयी लक्ष्य भेटाएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उसका लागि अमरसिंह रौटेला १९, सिद्धान्तराज शाहीले १६ रन बनाए । होलिल्याण्डका बलर साहिद अन्सारीले भने १ विकेट लिए । बाँके जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा होलिल्याण्ड उच्च मावि, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ गरि ६ वटा समुहले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा म्यान अफ द सिरिज नेपाल टाइगरका अमरसिंह रौटेला भए उनले ११ हजार पुरस्कार पाए । यस्तै उत्कृष्ट ब्याटसम्यान होलिल्याण्डका अनुपम सिंह र बेस्ट वलर नेपालगन्ज क्याम्पसका प्रतिक गिरि घोषित हुदै समान ५ हजार १ सय प्राप्त गरेका छन् ।

बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथिको प्रदेश सांसद सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, नेपालगन्ज उपमहानगर १२ का वडा सदस्य तरुण बज्राचार्य लगायतले पुरस्कर बितरण गरेका थिए ।

क्रिकेट संघ प्रदेश नम्बर ५ र ६ का अध्यक्ष दुर्गा थापाले आफना स्वर्गीय बुबाको स्मृतिमा प्रतियोगिता प्रायोजन गरेका हुन ।