८ विद्यालयका ३ सय ८ खेलाडी भिड्दै

ग्रासरुट फुटबल प्रतियोगिता–२०७६


८ विद्यालयका ३ सय ८ खेलाडी भिड्दै

नेपालगन्ज : स्थानीय स्तरमा फुटबलको विकास गर्ने लक्ष्य सहित बाँकेमा शुक्रबार (आज) देखि ग्रासरुट फुटबल प्रतियोगिता–२०७६ हुदैछ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा उक्त फुटबल प्रतियोगिता हुनेभएकोछ ।

बाँकेका ८ वटा निजि विद्यालयका छात्रछात्रा उपाधिका लागि भिड्ने आयोजकले जनाएकोछ । प्रतियोगिता तीनवटा उमेर समूहमा विभाजन गरि हुनेछ । जसअन्र्तगत ८ देखि १० वर्ष उमेर समूह र १० देखि १३ वर्ष उमेर समुह तर्फ छात्र तथा ८ देखि १३ वर्ष समुहमा छात्राबीच खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकका अनुसार एउटा विद्यालयको टिममा सात खेलाडी रहनेछन । बिहिबार मिडिया सेन्टर नेपालमा भएको पत्रकार सम्मेलनमा आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ग्रासरुट फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उन भने–‘बालबालिकालाई सानै उमेरमा फुटबल खेल्ने सीप, फुटबल प्रति आकर्षण बढाउन ग्रास रुटले सहयोगी भूमिका खेल्छ । हरेक देशले यस्ता कार्यक्रम गर्नेगर्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

‘भविष्यमा फुटबलका राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता हुदैछ, बालबालिकाको हौसला बढाउन खेल हेर्न रङ्गशाला आइदिनुहोस् ।’ अध्यक्ष शाहीले अनुरोध गरे ।

ग्रासरुट प्रतियोगिताका लागि जिल्लाका दीपज्योती सेकेण्डरी स्कुल, चिसापानी, जनज्योती पब्लिक हाईस्कुल, कोहलपुर, नेपालगन्ज मोडेल एकेडेमी, नेपालगन्ज, ग्रिनपिस सेकेण्डरी स्कुल, कोहलपुर, जुनियर आइस्टाइन एकेडेमी, नेपालगन्ज, होप ईन्टरनेशनल एकेडेमी, नेपालगन्ज, स्टार फ्युचर स्कुल नेपालगन्ज र एविसी रेसिडेण्टल हाइ स्कुल नेपालगन्जका विद्यार्थीले सहभागिता जनाउदैछन् ।

यी विद्यालयमध्ये स्टार फ्युचर स्कुल नेपालगन्ज र एविसी रेसिडेण्टल हाइ स्कुल नेपालगन्जले ८देखि १३ वर्ष उमेर समूह छात्रातर्फको फुटबल प्रतियोगितामा सहभागिता जनाउदैनन् ।

प्रतियोगितामा ८ वटा विद्यालयका ३ सय ८ जना बालबालिका सहभागि हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएकोछ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसकेको संघका अध्यक्ष शाहीले बताए ।

पत्रकारसम्मेलनमा बोल्दै एन्फा बाँकेका उपाध्यक्ष नागिन श्रेष्ठले यो प्रतियोगिताले फुटबलको संस्कृति र स्तर बढाउन सहयोग गर्ने बताए ।
पत्रकार सम्मेलनमा फुटबल प्रशिक्षक सानु तामाङ, एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, एन्फा बाँके सचिव गोविन्द प्रसाद श्रेष्ठ, फुटबल प्रशिक्षक युवराज शाही, जनक केसी, प्रदेश नम्बर ५ ग्रासरुट म्यानेजर रामजीत चौधरीको सहभागिता रहेको थियो ।