नेपालगन्जमा ग्रासरुट फुटबल शुरु


नेपालगन्जमा ग्रासरुट फुटबल शुरु

नेपालगन्ज : नेपालगन्जमा शुक्रबार देखि ग्रासरुट लिग फुटबल शुरु भएको छ । सानै उमेरदेखि बालबालिकालाई फुटबलमा दक्ष बनाउने लक्ष्य सहिते ग्रासरुट लिग फुटबलको आयोजना गरिएको हो ।

नेपालगन्ज रंगशालामा सुरु भएको ग्रासरुट लिगमा बाँकेका ८ विद्यालयका ३ सय ८ बालबालिकाको सहभागिता रहेको आयोजक बाँके जिल्ला फुटबल संघले बताएको छ ।

शुक्रबार ओलम्पियन एवम प्रदेश सांसद सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमाथापा मगर, अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोबद्र्धनसिंह सम्झना, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षकलाई बल हस्तान्त्रण गदै ग्रासरुटको उद्घाटन गरेका थिए ।

प्रतियोगिताबाट १० वर्षमुनिको एउटा छात्र टिम, १३ वर्ष मुनिको छात्र र छात्रा टिम छनोट गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

छनोट भएका तिन टिमले एक महिना पछि हुने प्रदेश नम्बर ५ स्तरीय ग्रासरुट प्रतियोगितामा भाग लिनेछ । ग्रास रुट फुटबलले स्थानीय स्तरबाट खेलाडी उत्पादन र प्रतिभा छनोटमा सहयोग गर्ने अध्यक्ष शाहीले बताउँछन् ।

ग्रासरुट फुटबलमा बाँकेका ८ वटा विद्यालयको सहभागिता छ । प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

ग्रास रुटले फुटबलको विकास गर्नका लागि तल्लो स्तरबाट आधार तयार पार्ने अध्यक्ष शाहीले बताए । उनले भने, ‘फुटबल प्रति आकर्षण बढाउन ग्रास रुटले सहयोग गर्छ । यसले हाम्रो भविष्यमा सिनियर टिम कस्तो हुन्छ भन्ने संकेत गर्छ ।’

ग्रासरुट फुटबलमा दीपज्योति सेकेण्डरी स्कुल चिसापानी, जनज्योति पब्लिक हाइस्कुल कोहलपुर, नेपालगन्ज मोडेल एकेडेमी, ग्रिनपीस सेकेण्डरी स्कुल कोहलपुर, जुनियर आइस्टाइन एकेडेमी नेपालगन्ज, होप इन्टरनेसनल एकेडेमी नेपालगन्ज, स्टार फयुचर स्कुल नेपालगन्ज, एबिसी रेसिडेण्टल स्कुलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।