१३ औं सागको भव्य उद्घाटन

२६ खेल विधाका लागि २ हजार ९ सय १० खेलाडीबीच प्रतिसप्रधा


१३ औं सागको भव्य उद्घाटन

नेपालगन्ज :बहुप्रतिक्षित दक्षिण एसियाली खेलकुदको कुम्भ मेला १३ औं दक्षिण एसियाली खेलकुद साग आईतबारबाट औपचारिक रुपमा शुरू भएको छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै १३ औं साग औपचारिक रुपमा सुरूवात भएको हो ।

झकिझकाउ पारिएको रंगशालामा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले साग सुरू भएको घोषणा गरेसँगैे विभिन्न सास्कृतिक झाँकिसहित भब्यरुपमा साग उद्घाटन गरिएको थियो ।

राष्ट्रपतिले उद्घाटन गर्नुपूर्व दक्षिण एसियाली ओलम्पिक काउन्सीलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पीक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले विशेष सम्बोधन गर्दै एसियाली स्तरको मिनी ओलम्पिक रहेकाले सहभागि देशले सहयोग गर्नुपर्ने बताए । उनले यस सागबाट अवसर सिर्जना गर्न र आफनो देशको प्रतिष्ठा जोगाउन खेलाडीलाई शुभकामना दिए ।

Kanti Aarogya Hospital Nepalgunj

१३ औं साग खेलकुद आयोजना मुल आयोजक समितीका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले सबै देशको सहभागिताका लागि आभार ब्यक्त गरे ।

उनले साग आयोजना गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिए । यस्तै उद्घाटन शत्रमा राखेपका सदस्यसचिब रमेश कुमार सिलवालले एकताका लागि खेल अपरिहार्य रहेको अवस्थामा १३ औं सागले मित्रतासँगै सद्भाब बढाउन सहयोग गर्ने उल्लेख गरे ।

साग उद्घाटनशत्रमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए । उनले भने, ‘यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।’

भव्य रुपमा गरिएको उद्घाटन समारोहमा नेपालको संस्कृति झल्कीने झाँकीसँगै देशभर घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन, झण्डोत्तोलन, सपथ ग्रहण, मार्च पास लगायतका कार्यक्रम भए ।

पहिलो ओलम्पियन जित बहादुर केसीले ओलम्पिक टर्च ¥याली रंगशालामा भित्राएका थिए भने बीचमा बैकुण्ठ मान्धनर लगायतका खेलाडीले परिक्रममा गरेका थिए । अन्त्यमा दिपक विष्टले ओलम्पिक टर्च बालेका थिए ।

खेलाडीकातर्फबाट नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सपथ ग्रहण गर्दा रेफ्रीका तर्फबाट ब्याडमिन्टन रेफ्री दिपक थापाले सपथ लिए ।

५ अर्ब २५ करोडको साग
साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ । यो बजेट भौतिक संरचना निर्माण, सामाग्री खरिद, उद्घाटन तथा समापन समारोह सञ्चालन, पदक, पुरस्कार लगायतका र्शीषकमा खर्चिनेछ ।

औपचारिक रुपमा सुरू साग काठमाडौ, पोखरा र जनकपुरमा चल्नेछ । मंसिर २४ गतेसम्म चल्ने सागमा सात देशका २ हजार ९ सय १० खेलाडीबीच ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

कीर्तिमान तोड्ने लक्ष्य
पहिलो संस्करण आयोजना गरेको नेपालले साग तेस्रो पटक आयोजना गरेको हो । यसअघि दोस्रो पटक नेपालले १९८४ मा साग आयोजना गरेको थियो । १९९९ मा भएको आठौं सागमा सर्वाधिक ३१ पदक हात पारेको नेपालले घरेलु मैदानमा आयोजना भएको १३ औं सागमा उक्त कीर्तिमानलाई तोड्दै कम्तीमा ५० वटा स्वर्ण पदक ल्याउने लक्ष्य राखेको छ ।

३ घण्टा १४ मिनेटको उद्घाटन
तीन घण्टा १४ मिनेट लामो उद्घाटन शत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिएको थियो । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ ।

उद्घाटन समारोहमा आतिसबाजी देखि लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक कलाले पनि उद्घाटन शत्रलाई थप रोमाञ्चक बनाएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्ले देशमै पहिलोपटक आतिसबाजीको सुरुवात ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनमा नेपालगन्ज स्थित रङ्गशालामा गरिएको थियो । उद्घाटन समारोहमा पाँचसय भन्दा बढी बाध्यबादकले नेपालको विभिन्न मौलिक बाजा बजाएका थिए ।

काठमाडौं, पोखरा र जनकपुरमा आजदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ । तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने जानकारी दिए ।

१८ हजार बढि सुरक्षाकर्मी परिचालित
सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

‘कृष्णसार’ मस्कट
सागको १३औँ शृङ्खलासम्म आइपुग्दा आयोजक नेपालले सागको यस पटकको मस्कट ‘कृष्णसार’ राखेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायका विशिष्ट व्यक्तिहरु साग उद्घाटन समारोह कार्यक्रम अवलोकनका लागि रङ्गशाला पुगेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले साग उद्घाटनमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, स्वास्थ्य समस्याका कारण उपचारार्थ प्रधानमन्त्री ओलीको सहभागिता हुन सकेन । उनले अस्पतालको शैयाबाट साग उद्घाटनको हेरेका थिए ।

एपेन्डिसाइटिसको अपरेशन पछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले अस्पतालकै बेडबाट साग लाइभ हेरेका हुन् ।