१३ औं साग प्रतियोगिता
काठमाडौं: नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले २ स्वर्ण जितेकोछ । तेक्वान्दोका दुई विधामा नेपालले २ स्वर्ण पदक जितेकोहो ।
तेक्वान्दोको पुम्सेमा नेपालकी पार्वती गुरुङ र आयशा शाक्यले एक–एक स्वर्ण पदक जितेका छन् ।
पार्वतीले पुम्सेको २९ वर्ष मुनिको विधामा स्वर्ण जितेकी हुन् । उनले सर्वाधिक ८.२५० अक ल्याउँदै स्वर्ण जित्न सफल भएकी हुन् । यसैबिधामा श्रीलकांकी जया विरारे रजत पदक जितेकी छिन् । उनले ८.१४० अक ल्याएकी थिइन् ।
आयशाले तेक्वान्दोको पुम्सेको ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंककासाथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ । यससँगै सागमा नेपालको स्वर्ण ९ पुगेको छ ।