नेपालगन्ज: संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसा कोहलपुरले रनिङ्गशिल्डको आयोजना गर्ने भएकोछ ।
मंसिर २५ गतेदेखी रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिन लागको हो । स्थापनाकालदेखी प्रतियोगिता संचालन गर्दै आईरहेको क्रिसाले प्रतियोगिताको ११ औं संस्करण सञ्चालनको तयारी थालेको छ ।
मंसिर २५देखि २७ गतेसम्म तीन दिन सञ्चालन हुने प्रतियोगितामा क्रिसामा आवद्ध ३९ वटा विद्यालयका पाँच हजार विद्यार्थीले सहभागिता जनाउने क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगीले बताए ।
प्रतियोगिता बारे जानकारी दिन मङ्गगलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाँगीले हरेक वर्ष झैं यस वर्षपनि प्रावी र माध्यामिक तहका विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराउने तयारी भईरहेको जनाए ।
प्रतियोगितामा प्रावि तह तर्फ फाईभ ए शिल्ड फुटबल, म्युजिकल चिएर, सय मिटर र ४ सय मिटर दौड तथा मावि तह अन्तर्गत एक सय, १५ सय र चार सय मिटर रिले दौड, लङ्न जम्प, सटफुट र भलिबलका खेलहरु सञ्चालन गरिने छन् ।
करिब १० लाख लागत अनुमन गरिएको प्रतियोगितालाई कोहलपुर नगरपालिकाले एक लाख आर्थिक सहयोग गरेको अध्यक्ष डाँगीले जानकारी दिए । सस्थागत विद्यालयका विद्यार्थीविच प्रतिस्प्रधा खेलाडी उत्पादनसगैं खेलक्षेत्रमा लाग्न प्रेरित गर्ने आयोजकले विश्वास लिएकोछ ।