नगरका सडकः बाहिर रुप, भित्र कुरुप


नगरका सडकः बाहिर रुप, भित्र कुरुप

नेपालगन्ज:खाल्डोको माटोले सडकभरि धुलैधुलो छ । खाल्डाखुल्डीका कारण दुर्घटनाका घटना पनि बढेका छन् । कर लिने तर खनिएका सडक मर्मत नगर्ने उपमहानगरपालिकाको नियतिले उपमहानगरभित्रका दर्जन सडक जीर्ण बनेका छन् ।

नेपालगन्जका बाहिरी सडकहरू सुन्दर तथा फराकिला र चिटिक्क छन् । तर, भिभत्रि सडकको अवस्था भने दयनिय छ । सुर्खेतरोड, न्यूरोडहुँदै चार बाहिनीसम्मको सडक चिटिक्क भएपनि यसभित्रका साना र मmभौला सडक जीर्ण छन् ।

उपमहानगरपालिकाको उदासिनता र लापरवाहीका कारण पासाङ्लामु मार्ग, नगर भवनछेउबाट रानीतलाउ जाने सडक, घरवारी टोल, खजुरारोड, लगायतका दर्जनबढी साना सडकको अवस्था दयनीय छ । यी सडकहरू कुरूप बनिरहेका छन् ।

अझ सडक निर्माण गर्ने तर विचैमा काम छाडिने जस्ता कार्यले यतिवेला नगरको स्वरुप झन कुरुप बन्दै गएको । यस्ता कार्यले सडकको स्वरुप र नगरको सुन्दरता कुरुप बनिरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

सडक निर्माणको जिम्मा लिएका ठेकेदारको चरम लापरबाही र नेपालगन्ज उपमहानगरपालिकाको उदासिनताले सडकको स्वरुप विग्रिएको हो । दिनहुँ सयौं सवारीसाधन गुड्ने यी सडकको मर्मतका लागि उपमहानगरपालिका उदासिन बन्दै गएको छ ।

नेपालगन्ज उपहानगरपालिका भित्र निर्माणाधिन सडकहरु र निर्माण गरिनुपर्ने सडकमा उपमहानगरपालिकाले खासै चासो दिएको छैन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रा शिवमन्दिरदेखि राप्ती जाने र बेतहनी जाने बाटो कालेपत्रे अझै हुन सकेको छैन । धम्बोझि विकासनगरदेखि कारकाँदोसम्मको सडक निर्माणले गति लिन सकेकोछैन । अझ त्रिवेणीमोडदेखि घरबारीटोल जानेबाटोको निर्माण कार्य ठप्प छ । यस्तै नेपालगन्ज कारकादोँ चोकदेखि राधाकृष्णमन्दिर हुदै बसपार्क आउने बाटोका ठाँउ–ठाउँमा कालोपत्रे गर्नेमा लामो समयदेखि उपमहानगरपालिका मौन बस्दै आएको ।

यी सडकखण्डमा गुड्ने सवारीसाधनले दिनहुँ जोखिम मोलिरहेका छन् । यस्तै धम्बोझी चोकदेखि खजुरा जाने सडक जिर्ण बनेकोछ । ठाँउ–ठाँउमा सडक फुटेर बडेमानको खाल्डो समेत परेको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका अन्यभित्रि सडकहरुपनि ठाँउठाँउमा त्यसै छाड्नाले सवारी दुर्घटना निम्तिरहेको छ । बढ्दो बजारीकरणसंगै साँघुरा सडक र तेसमाथि पनि जीर्ण र खाल्डाखुल्डी मात्रै हुँदा पैदल यात्रीलाई एकदमै समस्या हुने गरेको स्थानीय स्मृति डीसी बताउँछिन् ।

बाहिरी सडक जति चिटिक्क पारेपनि बजारभित्रका साँघुरा सडकलाई व्यवस्थित गरी नगरलाई सुन्दर बनाउनेतर्फ स्थानीय सरकार र जनप्रतिनिधिको ध्यान पुग्न नसक्दा सडकमा सवारी र पैदल यात्रीले समस्या खेप्दै आएका छन् ।

उपमहानगरले सडक निर्माणमा ध्यान नदिँदा यत्तिबेला नेपालगन्जका सडक खाल्डैखाल्डामा परिणत भएका छन् । यसमा सडक विभागको लापरबाही पनि उस्तै देखिन्छ ।

नेपालगन्ज–कोहलपुर सडकखण्डको चारलेन सडकमा समेत नेपालगन्ज उपमहागरपालिकाले खेलाचीँ गदै आएको छ । यी सडकका विभिन्न स्थानमा कालोपत्र उप्किएर खाल्डो समेत बनेकाछन् । त्यसैले त यहाँका सडक कुरुप बन्दै गएका छन् । जसका कारण सडक दुर्घटना निम्तिरहेको छ ।

नेपालगन्जबासी सुर्खेतरोड र नयाँसडक बाहेकका भित्रि सडकमा सर्वसाधरण दैनिक कष्टकर यात्रा गर्न बाध्य छन् । जोखिम मोलेर भएपनि यी सडकमा सवारी साधन कुदिरहेका हुन्छन् । अधिकांश सडक जीर्ण बन्दा पनि उपमहानगर र सडक विभागको ध्यान पुगेको छैन ।

उपमहानगरपालिक र सडक विभागकको गैरजिम्मेवारी र उदासिनताका कारण निमार्णधिन सडक तथा जिर्ण बनेका सडक समयमै मर्मत नहुदाँ अहिले सडक दुर्घटनाको जोखिम बढेर आएको छ ।

सडक मर्मत तथा निर्माण कार्य सम्पन्न गर्नेतर्फ सम्बन्धित निकायले चासो समेत दिएको छैन ।