पाँचौ दिन भारत नेपालभन्दा २२ स्वर्णले अगाडी

१३ औं साग प्रतियोगिता


पाँचौ दिन भारत नेपालभन्दा २२ स्वर्णले अगाडी

काठमाण्डौं : नेपालमा जारी १३ औँ साग प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ दिन बिहीबार सातवटा स्वर्ण जित्न सफल भएको छ । प्रतियोगिताको पहिलो र दोस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल पाँचौ दिनमा आईपुग्दा भारत भन्दा २२ स्वर्णले पछि परेकोछ ।

नेपालले बिहीबार साइकलिङमा दुई स्वर्ण जित्दा, उसुमा दुई तथा तेक्वान्दो, भारातोलन र पौडीमा एक–एक स्वर्ण जित्न सफल भएको हो ।
यस्तै बिहीबार भारत ५८ स्वर्ण सहित पदक तालिकाको अग्रस्थानमा छ । भने नेपाल ३६ स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहँदा श्रीलंका १६ स्वर्ण सहित तेस्रो स्थानमा छ भने पाकिस्तान १२ स्वर्ण सहित चौथो स्थानमा छ ।

१३ औं साग प्रतियोगितामा बंगलादेशले ४ स्वर्ण जित्दै प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ भने माल्दिभ्सको एक स्वर्ण छ । यस्तै १३ औं साग प्रतियोगितामा भुटानले हाल सम्म स्वर्ण पदकमा खाता खोल्न सकेको छैन् । यस्तै हालसम्म भएको साग प्रतियोगतामा भारतले ४१ रजत जितेको छ ।

यो सगैं सागको रजतमा पनि भारत शीर्ष स्थानमा छ । श्रीलंकाले ३१ रजत जित्दा नेपाल २६ रजतमा चित्त बुझाउनु परेको छ । जारी दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पाँचौं दिनमा पाकिस्तानले २१ र बंगलादेशले १० रजत जितेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत बिहीबार भएको खेलमा उसुतर्फ नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८–९१ अंक जोडेर उसुतर्फ नेपालकी निमाले स्वर्ण जितेकी हुन् ।
निमाले २०१६ मा भएको दक्षिण एश्यिाली खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ । साग प्रतियोगितामा भएको उसुमा लगातार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनेकी छन् ।

यस्तै बिहीबार सम्पन्न साग प्रतियोगिता अन्र्तगत उसुमा नै जुनी राईले उसुको सान्डा सान्सोमा स्वर्ण पदक जितेकी छिन् । जुनीले महिलातर्फ ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । फाइनलमा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराइन् ।

यस्तै बिहीबार सम्पन्न साइक्लिङतर्फको क्रस कन्ट्रीमा नेपालकी लक्ष्मि मगरले स्वर्ण पदक जितेकी छिन् । नेपालकै उषा खनाललाई पराजित गर्दै लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन् ।

त्यस्तै पुरुषतर्फ क्रस कन्ट्री बुद्धि बहादुर तामाङले स्वार्ण जितेका छन् । क्रस ४ किमीको ४ ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्न सफल भएका हुन् ।

त्यस्तै सातदोबाटोस्थित हिटिङ सिस्टलमको स्विमिङ पुलमा भएको महिला पौडीतर्फ गौरिका सिंहले स्वर्ण जितेकी छन् । महिला २०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा निर्धारित दूरी पुरा गर्दै नेपालका लागि स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण हो । यस्तै बिहीबार सम्पन्न साग प्रतियोगिता अन्र्तगत तेक्वान्दोतर्फ नेपालका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोमा भएको गेरुगीको पुरुष ८७ केजी मुनि प्रतियोगितामा भुपेनले भारतका अक्षय होडालाई २९–२६ ले पराजित गर्दै स्वर्ण जित्न सफल भएका हुन् ।

भारातोलनतर्फ सन्जु चौधरीले ऐतिहासिक स्वर्ण जितेकी छिन् । महिला ५९ केजी तौल समूहमा सन्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

सन्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १ सय ७१ केजी भारबहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ स्वर्ण जित्न सफल भएकी हुन् ।