चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र रवि लामिछानेले सोमबार ’कोर्ट म्यारिज’ गरेका छन् । उनीहरूले जिल्लाअदालत काठमाण्डौंमा गएसर कोर्ट म्यारिज गरेका हुन् ।
लामिछानेले फेसबुक मार्फत कोर्ट म्यारिज गरेको सार्वजनिक गरेका छन् । उनले भने‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा निकिता पौडेल जी र मैले कानूनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ’, उनले अगाडी लेखेका छन्, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो । हामी समस्त दर्शक शुभ चिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद ।’
आउदो बैशाखमा परम्परागत रुपमा बिवाह गर्ने छौ, यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो, लामिछानेले बताए । रविले भनेका छन्, ‘कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ । र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ ।’