१३ औं साग प्रतियोगिता
काठमाण्डौं :१३ औँ साग अन्तर्गत छैटौँ दिन नेपालले पाँच स्वर्ण जितेको छ । प्रतियोगिताको छैटौँ दिनसम्म पुग्दा नेपाल भारतभन्दा पदक तालिकामा दोब्बरपछि छ ।
प्रतियोगिताको पहिलो र दोस्रो दिन भने नेपाल पदक तालिकाको शीर्ष स्थानमा थियो । सागको छैटौँ दिनसम्म पुग्दा नेपालले ४१ स्वर्ण जित्दा भारतले ८१ स्वर्ण जितेको छ ।
तेस्रो स्थानमा रहेको श्रीलंकाको २२ स्वर्ण रहँदा चौथो स्थानमा रहेको पाकिस्तानको १५ स्वर्ण छ । माल्दिभ्सले दुई स्वर्ण जितेको छ भने भुटानले हालसम्म खाता खोल्न सकेको छैन ।
नेपालले शुक्रबार पाँच स्वर्ण जितेसँगै नेपालको पदक संख्या कूल ४१ स्वर्ण पुगेको छ । शुक्रबार नेपालका लागि एथ्लेटिक्समा गोपीचन्द्र पार्कीलाई स्वर्ण जित्दा भारोत्तोलनमा विकास थापालाई स्वर्णजित्न सफल भए ।
गल्फमा सुवाष तामाङले व्यक्तिगत विधामा नेपाललाई स्वर्ण दिलाए भने गल्फमा टिम स्वर्ण (शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवाष र निरज तामाङ) ले नेपाललाई स्वर्ण जिताएका थिए । पौडीमा गौरिका सिंहलाई दोस्रो स्वर्ण जिताइन् । उनले पौडीको पहिलो दिन नेपाललाई एक स्वर्ण जिताइन् ।
एथ्लेटिक्सतर्फ गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका थिए । शुक्रबार बिहान भएको ५ हजार मिटर दौडमा गोपीचन्द्रले भारतका सुनील दवारलाई पराजित गर्दै उनले स्वर्ण जिते ।
स्वर्णपछि गोपीचन्द्रले १३ वर्षअघि खोसिएको पदक भित्र्याउन सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए । सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १० औं सागमा राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए ।
गल्फतर्फ नेपालका लागि सुवास तामाङले स्वर्ण जितेका छन् । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको खेलमा सुवासले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण हासिल गरेका हुन् । अन्तिम दिन ३ अण्डर ६९ स्कोरसहित कुल १४ अण्डर २७४ स्कोरसहित प्रथम स्थान हाँसिल गरे । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । फरहादले ६ अण्डर २ सय ८२ स्कोर जोडे ।
नेपालले टिम इभेन्टमा पनि स्वर्ण जितेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् । नेपालले सागमा गल्फतर्फ पहिलोपटक स्वर्ण जितेको हो । नेपालले पहिलो पटक ढाकामा भएको सागमा गल्फमा सहभागिता जनाएको थियो । गल्फमा महिलातर्फ नेपालले टिम इभेन्टमा कास्य पदक जितेको हो ।
भारत्तोलनमा नेपालका लागि विकास थापाले स्वर्ण जितेका छन् । शुक्रबार भएको प्रतिस्पर्धामा ८९ केजी तौल समूहमा थापाले स्वर्ण जितेका हुन् । स्न्याचमा १ सय २३ केजी र क्लिन एण्ड जर्कमा १ सय ४६ केजी गरी जम्मा २ सय ६९ केजी उचाल्दै उनले स्वर्ण जितेका हुन् ।
१२ औं सागमा विकासले रजत पदक जितेको थिए । यो उनको नेपालका लागि ४० औं स्वर्ण थियो । यसअघि बिहीबार सन्जु चौधरीले यही स्पर्धामा स्वर्ण जितेकी थिइन् ।
पौडीमा गौरिका सिंहले दोस्रो स्वर्ण दिलाएकी छन् । शुक्रबार भएको दुई सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले स्वर्ण जितेकी हुन् । १३औँ सागमा उनको दोस्रो स्वर्ण हो । उनले निर्धारित दूरी दुई मिनेट १७ दशमलव ७३ सेकेण्डमा पार गरेकी हुन् । उनले बिहीबारको प्रतिस्पर्धामा पनि नेपाललाई स्वर्ण जिताएकी थिइन् ।
पहिलो संस्करण आयोजना गरेको नेपालले साग तेस्रो पटक आयोजना गरेको हो । यसअघि दोस्रो पटक नेपालले १९८४ मा साग आयोजना गरेको थियो ।
२६ खेलका लागि भइरहेको प्रतियोगिता आगामी मंसिर २४ गतेसम्म चल्नेछ । सागमा सात देशका २ हजार ९ सय १० खेलाडीबीच ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेकोछ । १९९९ मा भएको आठौं सागमा सर्वाधिक ३१ पदक हात पारेको नेपालले घरेलु मैदानमा आयोजना भइरहेको १३ औं सागमा उक्त कीर्तिमानलाई तोड्दै कम्तीमा ५० वटा स्वर्ण पदक ल्याउने लक्ष्य राखेको छ ।
स्वर्ण पदक जित्ने खेलाडी
१. कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता, महिला) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) लक्ष्मण तामाङ
५.कराते (८४ केजीमाथि) -विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी) -कुसुम खड्का
७.कराते (५० केजी मूनि) -अनु अधिकारी
८.कराते (६७ केजी)-नवीन रसाइली
९.कराते (६८ केजी)-सुनिता महर्जन
१०.कराते (६८ केजी) -अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३-२९ वर्ष )- कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से (१७-२३ वर्ष) -सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३(२९ वर्ष)- पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि)- आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) -आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७(२३ वर्ष)- निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३-२९ वर्ष)- निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८.तेक्वान्दो (४६ केजी मुनि)- काजल श्रेष्ठ
१९.तेक्वान्दो (६८ केजी मुनि)- वीरबहादुर महरा
२०.ट्रायथलन -सोनी गुरुङ
२१.डुवाथोलन -हिमाल टमाटा
२२.उसु (थाउलो)- विजय सिन्जाली
२३.उसु (थाउलो)-सुस्मिता तामाङ
२४.उसु (थाउलो)-दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर) -सन्तोषी श्रेष्ठ
२६.साइक्लिङ (डाउनहिल)- राजेश मगर
२७.साइक्लिङ (डाउनहिल)- निश्मा श्रेष्ठ
२८.तेक्वान्दो (६२ केजी मुनि)- संगीता बस्याल
२९.तेक्वान्दो (८७ केजी) -सक्षम कार्की
३०.उसु (थाउलो(नान्दौ) -निमा घर्तीमगर
३१.साइक्लिङ (क्रस कन्ट्री) -लक्ष्मी श्रेष्ठ
३२.साइक्लिङ (क्रस कन्ट्री)- बुद्धिबहादुर तामाङ
३३.पौडी (२०० मिटर फ्रिस्टाइल)- गौरिका सिंह
३४.पौडी (२०० मिटर ब्याकस्ट्रोक)- गौरिका सिंह
३५.तेक्वान्दो (८७ केजी)- भुपेन श्रेष्ठ
३६.भारोत्तोलन (५९ केजी)- सन्जु चौधरी
३७.उसु (५६ केजी)- जुनी राई
३८.एथ्लेटिक्स (५ हजार मिटर दौड)- गोपीचन्द्र पार्की
३९.गल्फ (एकल)- सुवास तामाङ
४०.गल्फ (टिम)- पुरुष टिम
४१.भारोत्तोलन (८९ केजी)- विकास थापा